नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर « Khabarhub

नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

सोमबार काठमाडौंमा शुरु भएको नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले ३ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्नेदेखि आपत्कालीन अवस्थामा उपयोग गर्ने गरी ५ हजार थान टेन्ट (त्रिपाल) उपलब्ध गराउने विषय छन् ।

नेपाल र चीनबीच भएको पहिलो सम्झौताअनुसार चीनले नेपालको मनाङमा अस्पताल बनाउने छ । चीनले करिब ३५ करोड रुपैयाँको लागतमा मनाङमा अस्पताल बनाइदिने भएको हो ।

यस्तै, अर्को सम्झौता चीनले बाढी प्रभावित नेपालीलाई १ करोड ६० रुपैयाँ सहयोग गर्ने  विषयसँग सम्बन्धित छ । दुवै सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र चीनको तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए)का उपाध्यक्षले हस्ताक्षर गरे ।

नेपाल र चीनबीच भएको अर्को सम्झौता चीनले नेपालमा स्वयंसेवक परिचालन गर्ने सम्बन्धमा छ । उक्त सम्झौतामा उल्लेख भएअनुसार नेपालका विभिन्न विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुमा चिनियाँ भाषा पढाउने छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : २४ बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा