माउतेले नै हात्ती नियन्त्रणमा लिन नसक्दा मच्चियो भागदौड, १८ जना घाइते « Khabarhub

माउतेले नै हात्ती नियन्त्रणमा लिन नसक्दा मच्चियो भागदौड, १८ जना घाइते


२३ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकामा धार्मिक समारोहमा प्रयोग गरिएको एउटा हात्ती अनियन्त्रित भएपछि भागदौड मच्चिँदा १८ जना घाइते भएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बो नजिकैको कोट्टे शहरमा आयोजित एक बौद्ध धार्मिक समारोहमा सहभागी गराइएको हात्ती एक्कासी अनियन्त्रित भएपछि भागदौड मच्चिएको थियो ।

हात्ती नियन्त्रिण बाहिर गएपछि हात्तिमाथि बसेका माउते खसेका थिए । उनी हात्तीको कुल्चाईबाट भने जोगिएको बताइएको छ । स्थानीय अस्पतालले यस घटनामा १८ जना घाइते भएको र १६ जनालाई डिस्चार्ज गरिएको जनाएको छ ।

श्रीलंकामा हात्तीलाई निकै सुन्दर बनाएर यस्ता धार्मिक समारोहमा प्रयोग गरिँदै आइएको छ । त्यहाँ धनाढ्य परिवारले आफ्नो समृद्धि झल्काउनका लागि हात्ती पाल्दै आएका छन् भने केही बौद्ध गुम्बाहरुले पनि धार्मिक समारोहका लागि हात्ती पाल्दै आएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०७६, सोमबार  ७ : ५१ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’