अयोध्यामा हिन्दूको पक्षमा फैसला आएपछि कसले के भने ? « Khabarhub

अयोध्यामा हिन्दूको पक्षमा फैसला आएपछि कसले के भने ?


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको सर्वोच्च अदालतले अयोध्याको विवादास्पद जमिनसम्बन्धी गरेको फैसलाप्रति मुस्लिम पक्षले असन्तुष्टि जनाएको छ ।

मुस्लिम पक्षका वकिल जफरयाब जिलानीले अदालतको फैसलालाई सम्मान गर्ने धारणा व्यक्त गर्दै निर्णयप्रति भने असन्तुष्टि जनाएका छन् ।

अदालतको फैसलापछि पत्रकार सम्मेलन गर्दै उनले फैसलाको समिक्षा गर्ने र त्यसपछि मात्रै कसरी अगाडि बढ्न सकिन्न भन्ने आधिकारिक धारणा बाहिर आउने जानकारी दिए ।

फैसलासम्बन्धमा पुर्नविचार गरेर मात्रै पुनः अपिल गर्ने वा नगर्ने भन्ने निर्णय लिने बताउँदै उनले सबै मानिसलाई शान्ति र संयम अपनाउन आग्रह पनि गरेका छन् । उनले यो कसैको जीत वा हार नभएको टिप्पणी गरेका छन् ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै अदालतको फैसला अधिकांश दृष्टिले महत्वपूर्ण रहेको बताएका छन् । यसले कुनै पनि विवाद सुल्झाउनका लागि कानुनी प्रक्रियाको पालन गर्नु कति महत्वपूर्ण छ भन्ने बताएको प्रधानमन्त्री मोदीको भनाइ छ । उनले दशकौ पुरानो मामिला सौहार्दपूर्ण ढंगले न्यायलयबाट समाधान भएको उल्लेख गर्दै यो फैसलालाई कसैको हार वा जीतको रुपमा हेरिन नहुने उल्लेख गरेका छन् ।

यस्तै, भारतका रक्षा मन्त्री राजनाथ सिंहले सर्वोच्च अदालतको फैसला सहज रुपमा स्वीकार गर्नु पर्ने बताएका छन् । उनले सर्वसाधारणसँग शान्ति र स्थिरता कायम राख्न पनि आग्रह गरेका छन् ।

यसअघि शनिबार दशकौँ अघिदेखिको अयोध्यास्थित जग्गा विवादसम्बन्धमा भारतको सर्वोच्च अदालतले फैसला सुनाउँदै उक्त जग्गा राम मन्दिरको हुने फैसला गरेको थियो ।

यो फैसलासँगै राम मन्दिर–बाबरी मस्जिदको विवादास्पद जग्गा राम मन्दिरले पाउने भएको छ ।

मुस्लिम पक्षलाई वैकल्पिक स्थानमा जग्गा दिइने सर्वोच्चले निर्णय सुनाएको छ । मुस्लिम पक्षलाई मस्जिद बनाउनका लागि पाँच एकड जमिन दिन केन्द्र सरकारलाई अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  २ : ४० बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना