बंगलादेशका राष्ट्रपति हमिद मंगलबार नेपाल आउँदै « Khabarhub

बंगलादेशका राष्ट्रपति हमिद मंगलबार नेपाल आउँदै


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने भ्रमणका लागि मंगलबार काठमाडौं आउने भएका छन् ।

कात्तिक २६ गते मंगलबार काठमाडौं आइपुग्ने राष्ट्रपति हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीको निमन्त्रणमा हमिद नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा राष्ट्रपति हमिद पोखरा पनि जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चार दिने भ्रमण सकाएर उनी आगामी शुक्रबार स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ३ : ३३ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी