समृद्धिका लागि सरकार प्रतिबद्ध : प्रवक्ता श्रेष्ठ « Khabarhub

समृद्धिका लागि सरकार प्रतिबद्ध : प्रवक्ता श्रेष्ठ


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायसहितको समृद्धिलाई गुणात्मक रुपले वृद्धि गर्न नेकपाको सरकार लागिपरेको बताएका छन् ।

नयाँ संविधानको कार्यान्वयनसँगै वर्तमान राज्य व्यवस्थालाई सुदृढ तुल्याउन सरकार गम्भीर बनेको उनको भनाइ थियो ।

नेपाल प्रेस सङ्गठन,ताप्लेजुङले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको मुद्दामा वर्तमान सरकार दृढतापूर्वक अघि बढेको दाबी गरे ।

यस्तै पश्चिमी सीमा मिचिएको सन्दर्भमा सरकारले पहिलेदेखि नै अडान राख्दै आएको र सीमा मिच्न नदिने उनको भनाइ छ । मित्र राष्ट्रहरुसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै सहयोग जुटाउने कार्यमा वर्तमान सरकार लागिपरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ७ : ३४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी