तेलुगु फिल्म ‘जर्सी’ हेरेर चारपटक रोएँ: शाहिद कपूर « Khabarhub

तेलुगु फिल्म ‘जर्सी’ हेरेर चारपटक रोएँ: शाहिद कपूर


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शाहिद कपूर यतिबेला फिल्म ‘कवीर सिंह’ का कारण चर्चामा छन् । उनले उक्त फिल्ममा गरेको अभिनयको खुबै चर्चा भयो ।
पछिल्लो समय भने उनी तेलुगु फिल्म ‘जर्सी’ को रिमेकमा देखिँदैछन् ।

शाहिदले एक इभेन्टका क्रममा यो फिल्म हेरेर आफू ४ पटक रोएको बताएका छन् । उनले फिल्ममा आफ्नो भूमिकाले खुबै छोएको पनि बताएका छन् ।

‘फिल्म क्रिकेटमा आधारित छ, ३६ वर्षको एक व्यक्तिको ६ वर्षको छोरा हुन्छ, केही कारणले ऊ फेरि क्रिकेट ग्राउण्डमा जान्छ, किनकि उसलाई अरु केही आउँदैछ,’ शाहिदले फिल्मको कहानी खुलाए ।

उनले फिल्मको कहानीजस्तै त्यो चरित्रको कहानी देखेर आफू रोएको बताए ।

शाहिदको जीवनमा पनि कुनै समय यस्तै उतारचढाव थियो । उनले कुनै ब्लकबस्टर फिल्म दिन सकेका थिएनन्, फिल्म क्षेत्र नै छोडौं कि भन्ने उनलाई लागेको थियो ।

‘मलाई अभिनयबाहेक अरु केही आउँदैनथ्यो, तर कुनै समय अरु केही ट्राइ गरौँ भन्ने पनि लागेको थियो,’ शाहिदले भने ।

शाहिदले आफूले रिमेकमा कहिल्यै काम गर्न नचाहेको पनि बताए । किनकि, दर्शकलाई रिमेक फिल्ममा मात्र काम गरिरहेको भन्ने नपरोस् भन्ने उनी चाहन्छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ११ : ५७ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका