अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिनेछ– मन्त्री अर्याल « Khabarhub

अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिनेछ– मन्त्री अर्याल


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताएकी छन् ।

भूमि व्यवस्थापन तालीम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं शैक्षिक अनुसन्धान तथा विस्तार’ विषयक २ दिने अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीको मंगलबार यहाँ उद्घाटन गर्दै मन्त्री अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गर्ने अभियानमा मन्त्रालय लागिपरेको बताइन् ।

‘जग्गा प्रशासन क्षेत्रमा सुशासन कायम गरी सेवा प्रवाहलाई आधुनिकीकरण गर्ने प्रक्रियामा मन्त्रालय लागेको छ,’ उनले भनिन्, ‘विकास निर्माणका लागि आवश्यक पर्ने भौगोलिक सूचनाको उपलब्धता सुनिश्चित तुल्याउन मन्त्रालय प्रतिबद्ध छ ।’

मन्त्री अर्यालले विकास निर्माणको मेरुदण्ड नाप–नक्शा तथा भूमि व्यवस्थापनले राज्यलाई पुर्‍याउनुपर्ने योगदानका लागि समसामयिक क्षमता विकास गर्नु अपरिहार्य र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै नाप–नक्शा तथा भूमि व्यवस्थापनमा नविनतम् प्रविधिको प्रयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता तुल्याउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गरिन् ।

मन्त्री अर्यालले केन्द्रले भूमि व्यवस्थापनमा रुपान्तरणका लागि प्रशिक्षण पाठ्यक्रममा समसामयिक परिमार्जन, क्षमता विकास तथा विश्वविद्यालयको सहकार्यलाई अझ बढी प्रभावकारी र व्यवस्थित तुल्याउनुपर्नेमा जोड दिदैं यस्ता अन्तरराष्ट्रिय गोष्ठीबाट नाप–नक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा देश विदेशमा विकास भएका नविनतम् प्रविधि एवं अवधारणको अध्ययन, अनुसन्धान तथा उपयोगको अनुशरण गरी निरन्तरता दिनुपर्ने बताइन् ।

काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले कुनैपनि विषयमा योजनामा स्रोत, योजनाकार, सामग्री तथा दूरदृष्टि भएमात्रै अपेक्षित लक्ष्य पूरा हुने बताउए । धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जू श्रेष्ठले ग्रामीण र शहरी क्षेत्रमा छुट्टाछुट्टै अवधारणा बनाइ वैज्ञानिक ढङ्गले भूमि व्यवस्थान जरुरी भएको बताए ।

दुई दिने सो कार्यशाला गोष्ठीमा नेदरल्याण्ड, टर्की, चीन, भारत, अफ्गानिस्तान, मङ्गोलियालगायत १५ देश तथा नेपालस्थित विश्वविद्यालयका प्राध्यापक, भूमिविज्ञ, विद्यार्थी, कर्मचारीलगायत एक सयको सहभागिता रहेको केन्द्र प्रमुख गणेशप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार गोष्ठीमा दिगो विकास लक्ष्यअनुरुप विकासको ‘मोडल’, वैज्ञानिक शहरीकरणमा प्रविधिको विकास, भूमि व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगलगायतका विषयमा देश विदेशका विज्ञले प्रस्तुतिकरण एवं अनुभव आदानप्रदानको गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ३ : ५४ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा