दादुराको प्रकोप देखिएपछि अमेरिकाको न्यूयोर्क शहरमा संकटकाल घोषणा « Khabarhub

दादुराको प्रकोप देखिएपछि अमेरिकाको न्यूयोर्क शहरमा संकटकाल घोषणा


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका–अमेरिकाको न्यूयोर्क शहरमा दादुराको प्रकोप देखिएपछि संकटकालको घोषणा गरिएको छ ।

न्यूयोर्क शहरको ब्रुकलिन भन्ने क्षेत्रमा बहुसङ्ख्यक पुरातनवादी अर्थोडक्स यहुदी धर्मावलम्बीका बालबालिकामा दादुराको प्रकोप देखिएपछि शहरमा संकटकाल घोषणा गरिएको हो ।

शहरका मेयर बिल डे ब्लासियोले पत्रकार सम्मेलन गर्दै शहरमा स्वास्थ्य संकटको घोषणा गरिएको जनाएका हुन् ।

अर्थोडक्स यहुदी धर्मावलम्बीले धार्मिक कारणले गर्दा आफ्ना सन्तानलाई खोप नलगाउने गरेको बताइन्छ । शहरको ब्रुकलिन क्षेत्रको विलियम्सबर्ग नामक स्थानमा गत अक्टोबरयता दादुराका २ सय ८५ बिमारी भेटिएको मेयर डे ब्लासियोको भनाइ छ ।

पछिल्ला केही महिनायता अमेरिकाका १९ राज्यमा सयौँको सङ्ख्यामा दादुराको प्रकोप देखिएको बताइन्छ । अमेरिकाले तीब्र गतिमा खोप कार्यक्रम सञ्चालन गरी सन् २००० मा दादुरा उन्मुलनको घोषणा गरेको थियो ।

तर, पछिल्ला केही वर्षयता खोपबारे गलत सूचना र धार्मिकलगायतका कारणले आफ्ना बालबालिकालाई खोप नलगाउने दर बढ्दै गएकाले दादुरा लगायतका रोगको प्रकोप बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  २ : १३ बजे

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

बेइजिङ– चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा

सुन्तलाले पहेँलपुर कालीमाटी बजारमा (तस्बिरहरू)

काठमाडौं– सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा

फोटो पोस्ट गर्दै प्रधानमन्त्री बालेन लेख्छन्– देश उभो लाउने टोली

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द फेरिने

काठमाडौँ– मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको

हिमाली सम्पदा संरक्षणमा सामूहिक सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि