भारतबाट घर फर्किँदा नेपालीबाटै लुटिन्छन् नेपाली « Khabarhub

भारतबाट घर फर्किँदा नेपालीबाटै लुटिन्छन् नेपाली


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो केही दिनयता भारतबाट रोजगारी गरेर घर फर्किने नेपाली लुटिने क्रम बढेको छ । नयाँ वर्ष (विसु पर्व) मनाउन भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्किरहेका नेपाली मजदूरमाथि नेपालकाे कञ्चनपुरसँग सीमा जोडिएकाे बनबसामा क्षेत्रमा लुटपाट हुने गरेको छ ।

भारतको अल्मोडाबाट मजदूरी गरेर फर्किने क्रममा मङ्गलबार बेलुकी भीमदत्तनगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा नेपालीबाटै मुगुको लिबू गाउँपालिका–२ का ५० वर्षीय लालबहादुर शाही, १९ वर्षीय राजेश शाही र १८ वर्षीय नवीन बुढा नगद र सामानसहित लुटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले ब्रह्मदेव क्षेत्रमा उनीहरुलाई जुसमा नशालु पदार्थ खुवाएर लुटपाट गरिएको जनाएको छ । तीनसित रहेको २५ हजार भारु, तीन थान मोबाइल र अन्य लत्ताकपडा लुटेराले लगेका छन् । “दुई नेपाली युवाले नै हामीलाई नजिकपर्छ भनेर टनकपुरहुदै ब्रह्मदेव पु¥याए”, शाहीले भने, “खाजा खाउँ भनेर जुस खाएको त तीनै जना बेहोस भएछौं ।”

केही समयपछि होसमा आएका शाहीले ब्रह्मदेव सीमा प्रहरी चौकीमा खबर गरेपछि उनीहरुको घटनास्थलबाट उद्दार गरिएको थियो । बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन आएका शाही बाहेक अन्य २ भने अर्धचेत अवस्थामै थिए ।

प्रहरीले भने लुटेराहरुको खोजीकार्य भइरहेको जनाएको छ । उद्धार गरिएकालाई दातृ निकायको सहयोगमा घर पठाउने तयारी हुँदैछ । तीनै जना गत मङ्सिरमा रोजगारीका लागि भारत गएका थिए । त्यसैगरी कैलालीको मोहन्याल गाउँपालिका–२ का दुई युवक भारतबाट मजदूरी गरेर घरफर्किने क्रममा बुधबार बिहानदेखि सीमावर्ती भारतीय बजार बनवासा क्षेत्रबाट सम्पर्कबिहीन भएका छन् ।

मोहन्याल–२ का रमित घर्ती र गगन रोकामगर चार लाख भारुसहित सम्पर्कबिहीन भएका हुन् । “बनवासाको पवन होटलसम्म हिजो बिहानसम्म आएको भन्ने छ, तर होटल साहुलाई सोध्दा टाँगामा महेन्द्रनगर गएको बताउँछन,” सम्पर्कबिहीन दुई युवकसँगै काम गरेका मोहन्यालकै मिलन रोकामगरले भने, “म अघिल्लो दिन यहाँ आइपुगे उनीहरु हरिद्वार पुग्दासम्म सम्पर्क मै थिए ।”

सडकको काम गर्दै आएका करीब ६० मध्ये आफूसित ४२ जना घर फर्किएको मिलनको भनाइ छ ।

“साहुबाट पैसा लिनुपर्ने भएकाले रमित र गगन ढिलो हिँडेका हुन,” उनले भने । दुई दिनदेखि सम्पर्कबिहीन बनेपछि अभिभावक उनीहरुको खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय पुगेका छन् । प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सम्पर्कबिहीन युवकद्वयको खोजीकार्य भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ३ : ४४ बजे

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी