अफगानिस्तानमा तालिबान र सुरक्षाफौजबीच भीडन्त– ३८ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा तालिबान र सुरक्षाफौजबीच भीडन्त– ३८ जनाको मृत्यु


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तरी अफगानिस्तानको जवजवानमा अफगान सुरक्षा फौज र अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानका लडाकुबीच भएको भीडन्तमा ३८ जनाको ज्यान गएको छ ।

तालिबान लडाकुले जवजवान प्रान्तको आकचा जिल्लामा रहेको एक सुरक्षा जाँच चौकीमा आक्रमण गर्दा भएको भीडन्तमा अरु दर्जनौं घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

मारिनेमा ३१ तालिबान लडाकु तथा ७ सरकारी सुरक्षाकर्मीको ज्यान गएको बताइएको छ ।

तालिबानतर्फ मारिनेमध्ये एकजना जवजवान प्रान्तका वरिष्ठ कमाण्डर समेत रहेको बताइएको छ ।

तालिबानले जवजवानमा आक्रमण गरिएको पुष्टि गरेपनि मानवीय क्षतिबारे कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ३ : ०५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,