प्रदेश–१ लाई डिजिटल प्रदेश बनाइन्छः मुख्यमन्त्री राई « Khabarhub

प्रदेश–१ लाई डिजिटल प्रदेश बनाइन्छः मुख्यमन्त्री राई


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आइटी पार्क निर्माण गर्ने बताएका छन् ।

आइसिटी मिडियाद्वारा विराटनगरमा आयोजित स्टार्टअप एण्ड इनोभिएशन दुई दिने मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सूचना प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा ठूलो अवसर सिर्जना गर्न सकिने जानकारी दिए । मुख्यमन्त्री राईले प्रदेश सरकारले आयोजना गर्ने बहुराष्ट्रिय सूचना प्रविधि सम्मेलनका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गर्दै यसको माध्यमबाट प्रदेशको समूचित विकासमा सहयोग पुगी समृद्ध कायम हुने विश्वास व्यक्त गरे ।

उनले प्रदेशको आवधिक योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगको र नीति तथा बजेटमा सूचना प्रविधिको प्रयोगमा जोड दिएको उल्लेख गर्दै डिजिटल प्रदेश बनाउने कार्यको शुरुवात आगामी आर्थिक वर्षदेखि शुरु हुने जनाए । मुख्यमन्त्री राईले प्रदेश सरकारले रोजगारी, उत्पादनमूलक क्षेत्रमा आगामी बजेट खर्च गर्ने बताउँदै सूचना प्रविधिलाई विद्यालयस्तरबाट शिक्षामा जोडी १० वर्षभित्र प्रदेशबाट कोही विदेशमा श्रम बेच्न जानु नपर्ने अवस्थामा सिर्जना गरिने दाबी गरे ।

मेलामा सूचना प्रविधिसम्बन्धी ५० वटा स्टलमा विभिन्न विषयमा प्रयोगात्मक रुपमा जानकारी प्रदान गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ६ : ०९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको