बालक अपहरणको आरोपमा चार जना पक्राउ « Khabarhub

बालक अपहरणको आरोपमा चार जना पक्राउ


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही गाउँका दुईसहित चारलाई पक्राउ गरेको छ ।

मामाको बिहेमा जन्ती गएका बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३१ वर्षीय कान्छा भनिने रामअवतार यादव, ३२ वर्षीय सत्येन्द्र यादव, महादेवा गाउँपालिका–१ का ३६ वर्षीय प्रमोद भनिने जोगवीर यादव र तिरहुत गाउँपालिका–४ का ४५ वर्षीय वीरेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले रामअवतारलाई पक्राउ गरेपछि उनकै बयानका आधारमा अन्य तीन पक्राउ परेका हुन् । रामअवतारलगायतकाले बालकको अपहरण गरेको भन्दै बालकका बुबा जागेश्वर यादवले यही वैशाख १८ गते दिएको किटानी उजुरी दर्ता गरी रामअवतारलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनकै वयानका आधारमा अपहरणमा संलग्न सत्येन्द्र, जोगवीर र वीरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : ४९ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार