नेपाल भारत जोड्ने सडक– एकातिर बन्दै, अर्कातिर भत्किँदै « Khabarhub

नेपाल भारत जोड्ने सडक– एकातिर बन्दै, अर्कातिर भत्किँदै


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

आज प्रकाशित अन्नपूर्ण पोस्टले एकातिर बन्दै, अर्कोतिर भत्किँदै शीर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार जनकपुर जलेश्वर भिठ्ठामोड सडक बन्दै गर्दा भत्किँदै गएको हो ।

त्यस्तै मधेसमा अत्याधिक गर्मी बढेको समाचार पनि पहिलो पृष्ठमा प्रकाशन भएको छ । त्यस्तै सरकारी जग्गा एनजीओलाई शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन भएको छ ।

एकातिर बन्दै, अर्कातिर भत्किँदै शीर्षकको समाचारमा भनिएको छ– निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ।

संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ। सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ। नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ।

संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सडक अनुगमन गर्न गठन गरेको उपसमितिकी संयोजक इन्दु शर्माले भनिन्, ‘नजिकै गहिरो खाल्टो खनेर हालिएको माटो वर्षाले बगाउँदा सडक भासिन थालेको छ।’

तीन दिन लगाएर गरिएको स्थलगत अनुगमनपछि उनले भनिन्, ‘बाहिरबाट माटो ल्याएर सडकमा हाल्नुपर्ने थियो। तर, त्यसो गरिएन। यही अवस्थाले वर्षामा सडक भासिएर बेकामे हुन्छ।’

सडक नजिकै खनिएको गहिरो खाल्टोमा बालबालिका डुब्ने खतरा उत्तिकै रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

जनकपुरधाम–जलेश्वर–भिठ्ठामोड सकड निर्माणका लागि ९३ करोडमा दुई ठेकेदार कम्पनीले दुई प्याकेजमा ठेक्का लिएका छन्। प्रतिभा वाई पी जेभी ललितपुर र आशिष पप्पु–रोशन जेभी जनकपुरले ठेक्का लिएका हुन्।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : ४३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते