युईएफए नेसन्स लिगमा इङ्ग्ल्यान्ड तेस्रो « Khabarhub

युईएफए नेसन्स लिगमा इङ्ग्ल्यान्ड तेस्रो


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –युईएफए नेसन्स लिगमा गोलकिपर जोर्डन पिकभोर्डले गोल गर्दा इङ्ग्ल्यान्डले स्विट्जरल्यान्डमाथि जित हात पारेको छ ।

नेसन्स लिगको तेस्रो स्थानका लागि भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टीमा ६–५ गोलद अन्तरले पराजित गर्दै इङ्ग्ल्यान्ड तेस्रो भएको हो ।

खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टीमा इंग्ल्याण्ड नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

इंग्ल्याण्डको जितमा गोलकिपर जोर्डन पिकफोर्ड नायक बने । उनले एक पेनाल्टी रोक्नुका साथै पेनाल्टीमा गोल समेत गरे । यस्तै, इङ्ग्ल्यान्डका लागि पेनाल्टीमा इंग्ल्याण्डका ह्यारी मागुइरे, रोस बार्क्ली, जाडोन सान्चो, रहिम स्ट्रलिङ र एरिक डायरले गोल गरे ।

पराजय भोगेको स्विट्जरल्याण्डका स्टेभेन जुबेर, ग्रानिट जाका, मानुएल अकांजी, केभिन एमबाबु र फाबियनले गोल गरे । जोसिप ड्र्मिकको प्रहार इङ्ग्ल्यान्डका गोलकिपर पिकफोर्डले उत्कृष्ट बचाउ गरेका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : २८ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले