तामझामका साथ खुलाइको तातोपानी नाका अझै सञ्चालनमा आएन | Khabarhub Khabarhub

तामझामका साथ खुलाइको तातोपानी नाका अझै सञ्चालनमा आएन


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तामझामका साथ जेठ १५ गते पुनः सञ्चालनमा ल्याइएको तातोपानी अझै सञ्चालनमा आउन सकेको छैन । वि. सं. २०७२ मा भूकम्पका कारण बन्द भएको उक्त नाका, दई–देशीय अधिकारीहरुको उपस्थितिमा जेठ १५ गते पुनः संचालनमा ल्याइएको थियो ।

रेड कार्पेट बिछ्याएर ४ कन्टेनर ऊन नेपाल भित्राएपछि बन्द भएको नाका सञ्चालनमा आउन सकेको छैन । तातोपानी भन्सार कार्यलयका अनुसार जेठ १५ यता कुनैपनि मालबाहक वस्तु आवतजावत भएका छैनन् । भौतिक संरचनाको आभावको कारण नाका संचालनमा आउन नसकेको भन्सारका अधिकारी बताउछन् ।

तातोपानी भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेत भन्छन् ‘अहिले बन्दरगाहाको समस्या छ, चीनले नेपालमा बन्दरगाहा निर्माण गरिसकेको छ तर हस्तानतरण भने गर्न बाँकी छ’ ।

तातोपानी देखि ६ किलोमिटर तल लार्चामा चीन सरकारले सुख्खा बन्दरगाहा निर्माण गरि सके पनि आन्तरिक पूर्वाधार तथा सञ्चार संयन्त्र जडान नभएका कारण बन्दरगाहा हस्तान्तरण हुन पाएको छैन् ।

उक्त बन्दरगाहा नेपाललाई हस्तानतरण हुने वितिकै दु्रत गतिमा नाका संचालनमा आउने बस्नेतको भनाइ छ ।  हाल तातोपानी भन्सारको लागी १५ जना कार्मचारी खटाइएको छ । नाका सञ्चालनमा आउन नसकेपछि कर्मचारीहरु बेकामे भएर थन्किएका छन् ।

स्थानीयहरुका अनुसार सर्वसाधरणलाई समेत उक्त नाकाबाट पहिले जस्तै सजिलै चीन प्रवेश गर्न दिइएको छैन ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ९ : २८ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल