शिल्पालाई सकस ! « Khabarhub

शिल्पालाई सकस !


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका शिल्पा मास्के यतिबेला चलचित्र ‘सानो मन’ को प्रचारमा लागेकी छिन् । सामाजिक सञ्जालमार्फत पनि उनले फिल्मको प्रचार गरिरहेकी छिन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्ममा शिल्पा मास्के प्रेमिकाका रुपमा प्रस्तुत हुँदैछिन् । फिल्ममा अर्का अभिनेता आयुष्मान देशराज जोशीले शिल्पासँग अनस्किृन रोमान्स गरेका छन् ।

फिल्मको रिलिज मिति नजिकिँदै गर्दा शिल्पालाई भने प्रचारमा समय मिलाउनै धौ-धौ भएको छ । अर्कातिर फिल्मले दर्शकमाझ खासै आशा पनि जगाउन सकेको छैन । रिलिज नजिकिएसँगै शिल्पाको यो फिल्म पनि उनका पछिल्ला फिल्महरु झैँ आउने र हराउने हुने हो कि भन्ने प्रश्न उठेको छ ।

शिल्पालाई फिल्म क्षेत्रमा सम्भावना बोकेकी नायिकाका रुपमा हेरिएको थियो । तर, शुरुदेखि नै उनले पाएका फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेनन् । यो फिल्म पनि असफल रह्यो भने शिल्पाको करिअरलाई नै असर पर्ने कतिपयको भनाइ छ ।

फिल्म क्षेत्रमा सम्भावना बोकेर मात्र पनि हुँदैन । बक्स अफिसमा राम्रो व्यापार गर्न सकेनन् भने फिल्मलाई असफलको ट्याग लगाउने त विश्वव्यापी मान्यता नै छ । अब शिल्पाले राम्रो ब्यानरको फिल्म छानेर वृत्तिलाई फाइदा हुने काम पो गर्ने हो कि ?

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ११ : ५८ बजे

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा