सिरियामा बारुदी सुरुङ विस्फोट हुँदा ७ बालबालिकाको मृत्यु « Khabarhub

सिरियामा बारुदी सुरुङ विस्फोट हुँदा ७ बालबालिकाको मृत्यु


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियामा बारुदी सुरुङ विस्फोट हुँदा कम्तीमा ७ बालबालिका मारिएका छन् ।

पूर्वी सिरियाको डिएर एजजोर प्रान्तस्थित दब्लान गाउँमा उक्त घटना भएको हो । आतंकवादी संगठन इस्लामिक स्टेटले बेवारिसे अवस्थामा छाडेको बारुदी सुरुङ विस्फोट भएको सिरियाको सरकारी टेलिभिजनले जनाएको छ ।

आतंकवादी संगठन इस्लामिक स्टेट परास्त भएका सिरियाका धेरै क्षेत्रमा बेबारिसे बारुदी सुरुङ, ग्रिनेड र अन्य घरेलु बम भेटिने गरेका छन् । यस्ता विस्फोटक पदार्थमा परी नियमितजस्तै सर्वसाधारणको ज्यान जाने गरेको छ ।

गत अप्रिल ११ मा दक्षिणी सिरियामा जमिनमा बिछ्याइएको बारुदी सुरुङ पड्किएर तीन बालबालिकाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : ४६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार