सिटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा एक डाक्टर पक्राउ « Khabarhub

सिटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा एक डाक्टर पक्राउ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा रेडियोलोजिष्ट डा सुनिलदेवलाई पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर घर भएका उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा तिलकचन्द्र साहलाई सिटिस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपपछि पक्राउ गरेको हो ।

फक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुई पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए ।

उनले भने, ‘रेडियोलोजिष्ट देवले दश वर्षअघि डा साहलाई सिटिस्क्यान मेसिन बिक्री गरेको र लेनदेनमा समस्या रहेछ, डा साहको उजूरीका आधारमा उनलाई हामीले नियन्त्रणमा लिएका हौं ।’ पक्राउ परेका रेडियोलोजिष्ट अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

सिटी स्क्यानको मूल्य झण्डै दुई करोड रुपैयाँ पर्ने बताइएको छ । डा साहले देवको सहयोगमा भारतको एक अस्पतालबाट रु ५० लाखमा मेसिन खरीद गरेको बताइन्छ । रेडियोलोजिष्ट देवले खरीद गर्न सहयोग गरेर ल्याएको सिटीस्क्यान मेसिन अहिले डा साहसँग नै रहेको बताइएको छ । तर, डा देवले अहिलेसम्म पनि आफूलाई सिटिस्क्यान मेसिन नदिएको डा साहले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ४ : ५७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका