उपनिर्वाचनका लागि मतदाता नामावली कार्यक्रम असोज १ देखि « Khabarhub

उपनिर्वाचनका लागि मतदाता नामावली कार्यक्रम असोज १ देखि


२४ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका १५४ वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक कार्यक्रम हुनेछ ।

निर्वाचन सञ्चालन हुने सम्बन्धित वडाका मतदातालाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द÷त्याग गरेका मतदाताको नाम हटाई शुद्ध मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग गर्नु आयोगले सबैमा अनुरोध गरिएको छ ।

मुलुकका ३७ जिल्लाका १५४ वडामा चार लाख ४७ हजार ७९२ मतदाताको नामावली विवरण तयार गरी आद्यावधिक कार्यक्रम (दाबी विरोध) प्रयोजनका लागि सम्बन्धित जिल्लामा पठाई सकिएकोे आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो । नाम दर्ता बिहान १० देखि ५ बजेसम्म रहने र विदाको दिनमा पनि सञ्चालन हुनेछ ।

मतदाता नामावली प्रकाशन असोज १ गते, २ गते नाम सच्याउने, ७ गते सच्याएको नाम छानबिन गरी अभिलेखमा अद्यावधिक गर्ने, ८ गते सच्याएको नाम सूचना पार्टीमा टाँस्ने र नामावली प्रकाशित गर्ने तथा १० गते अद्यावधिक गरिएको अन्तिम नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाउने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७६, मंगलबार  १० : २४ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको