‘छ माया छपक्कै’ ले देला केकीलाई राहत? « Khabarhub

‘छ माया छपक्कै’ ले देला केकीलाई राहत?


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री केकी अधिकारीले राम्रो अभिनयका कारण जस पाउँछिन् । तर, उनले अभिनय गरेका फिल्म भने सधै फ्लप हुन्छन् । यसैका कारण पनि हुनुपर्छ, केकीलाई कतिले अभागी नायिका पनि भन्छन् । राम्रो अभिनय गरेर पनि चर्चा नपाउने र हिट फिल्म दिन नसक्ने कारण केकी पनि कहिलेकाहीँ खिन्न हुन्छिन् ।

यता भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’ बाट भने केकी आशावादी छिन् । किनकि, यसपटक उनको टिमअप व्यावसायिक हिसाबले सफल फिल्म दिएको दीपक–दीपाको समूहसँग हुँदैछ । रिलिजअघिको मूल्याङंकनलाई आधार मान्दा यो फिल्म चल्ने पनि देखिन्छ । चलचित्रले राम्रो हाइप बनाएको छ ।

ठूलो समूहमा फिल्म पुग्ने भएकाले केकी पनि आशावादी हुनु स्वभाविक पनि हो । तर, के केकीले सोचेझैं फिल्म हिट होला? या यो फिल्मबाट फाइदा होला?

यसको उत्तर त अब फिल्म रिलिजपछि मात्रै थाहा हुनेछ । अहिलेका लागि भने के भन्न सकिन्छ भने केकीलाई यो फिल्मले केही राहत दिनेछ । उनले फिल्ममा अभिनय कस्तो गरेकी छिन्, त्यस आधारमा पनि दर्शकले उनको मूल्याङ्कन गर्नेछन् । दीपकराज गिरी र दीपाश्री निरौलाले बनाएको क्रेजका सामुन्ने केकीलाई आफ्नो काम देखाउन चुनौती त छँदैछ ।

यता केकीका फ्यान पनि आशावादी छन्, यो फिल्मबाट उनको काम देख्न पाइनेछ र फ्लप फिल्म दिने नायिकाको ट्याग पनि हट्नेछ । अब केकीले कस्तो काम देखाउने हुन्, त्यसका लागि भने केही दिन प्रतीक्षा गर्नैपर्ने हुन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १२ : ३९ बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर