समान भोल्टेजको विद्युत उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरणको आग्रह | Khabarhub Khabarhub

समान भोल्टेजको विद्युत उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरणको आग्रह


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सि चिन फिङको राजकीय भ्रमणको क्रममा सहज रुपमा एकै प्रकारको भोल्टेज सहितको विद्युत् आपूर्ति हुने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई ठाएको पत्र अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई मध्यनजर गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, फुल्चोकीस्थित कम्युनिकेशन रिपिटर स्टेशनमा निरन्तर विद्युत् आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । यस्तै भट्टेडाँडास्थित राडार स्टेशनमा निरन्तर विद्युत् उपलब्ध गराइदिन समेत ध्यानकर्षण गराएको छ ।

ती स्थानमा निरन्तर विद्युत् आपूर्तिलाई प्राथमिकतामा राखी आवश्यक व्यवस्था गर्न नागरिक उड्डयनले विद्युत् प्राधिकरणलाई अनुरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गरिएको चाबहिल तथा नयाँ बानेश्वरको फिडर लाइनको डेडिकेटेड विद्युत् आपूर्तिलाई समेत उच्च प्राथमिकतामा राखी निरन्तर विद्युत् आपूर्ति गर्न आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको हो ।

विद्युत्को भोल्टेजमा हुने उतार चढावले समस्या आउन सक्ने भएकाले विशेष ध्यान दिइएको बताइएको छ । त्यसो त विद्युत् प्राधिकरणले यस अघि नै अत्यावश्यक स्थानमा भोल्टेजलगायतका विषयमा देखिएको समस्याको समाधान गरिसकेको छ ।

चिनियाँ राष्ट्रपति यही असोज २५ र २६ गते दुई दिवसीय राजकीय भ्रमणका लागि नेपाल आउँदै छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ०० बजे

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित सडकमा म.१ क २३३ नम्बरको टिपरले म.प्र.०३-०३७

डाक्टरको होस्टेलमा बज्रिएको थियो दुर्घटनाग्रस्त विमान, निगरानी गर्न प्रधानमन्त्री मोदी आफैँ सक्रिय

काठमाडौं- भारतको गुजरात राज्यको अहमदावाद शहरमा एअर इन्डियाको विमान दुर्घटनामा

सुशासन माग गर्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको राज्य प्रशासन विभागले सुशासन कायम

सर्लाहीको चक्रघट्टाका पूर्वअध्यक्ष यादवसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष

विद्धानलाई तरुणको अध्यक्षबाट हटाउन माग गर्दै असन्तुष्टले बुझाए पत्र

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको असन्तुष्ट समूहले