२५ दिनमा शूटिङ भयो ‘दबंग ३’ को क्लाइमेक्स, ५०० गुण्डासँग एक्लै लड्नेछन् सलमान खान | Khabarhub Khabarhub

२५ दिनमा शूटिङ भयो ‘दबंग ३’ को क्लाइमेक्स, ५०० गुण्डासँग एक्लै लड्नेछन् सलमान खान


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानको फिल्म ‘दबंग ३’ केही महिनापछि रिलिज हुँदैछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा फ्यान पनि उत्सुक भएका छन् ।

सलमान खान फेरि एकपटक चुलबुल पाण्डेको भूमिकामा पर्दामा देखिँदैछन् । फिल्ममा कन्नड सुपरस्टार सुदीपले भिलेनको भूमिका निभाउनेछन् । सलमान र सुदीपबीचको धमाकेदार क्लाइमेक्स सिनको शूटिङ हालै गरिएको छ ।

क्लाइमेक्समा दुवै शर्टलेस हुनेछन् । यो फिल्मको क्लाइमेक्स मात्र २५ दिन लगाएर छायांकन गरिएको थियो । यो कुराको खुलासा भिलेन बनेका सुदीपले खुलासा गरेका हुन् ।

उनले एक अन्तर्वार्ताका क्रममा क्लाइमेक्समा आफ्नो लडाइँ सलमान खानसँग देखाइएको बताएका छन् । उक्त लडाइँमा अन्तसम्म कसले जित्छ भन्ने दर्शकले थाहा नपाउने उनले बताएका छन् ।

‘हामीले क्लाइमेक्स मात्र लगभग २५ दिन छायांकन गरेका थियौँ, २३ दिन त फाइट सिन मात्र छायांकन गरिएको थियो, यो मेरो करिअरको सबैभन्दा लामो क्लाइमेक्स सिन हो,’ सुदीपले भने ।

उनले यो फिल्मको क्लाइमेक्समा सलमान र आफू जनावरजस्तै लडेको बताएका छन् । उनले शूटिङको क्लाइमेक्स खिच्दा निकै धूलो उडेको पनि सुनाए । उनले भने, ‘शूटिङ गर्दा खुबै धूलो उड्यो, जसकारण सास फेर्न पनि गाह्रो भएको थियो ।’

खबरका अनुसार फिल्ममा सुदीपसँगै ५ सय भिलेनसँग सलमान खान एक्लै लड्नेछन् । साथै फिल्ममा १ सय वटा कार खेलौनाझैँ हावामा उड्दै गरेको देख्न सकिनेछ ।

फिल्ममा सोनाक्षी सिन्हा र सई मान्जरेकरको पनि शीर्ष भूमिका रहेको छ । यो फिल्मलाई लामो समयदेखि दर्शकले कुरिरहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : ११ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन