सामाजिक सुरक्षामा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई निर्देशन | Khabarhub Khabarhub

सामाजिक सुरक्षामा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई निर्देशन


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सो प्रक्रियामा तत्काल सामेल हुन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्था र त्यसमा आबद्ध कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि निर्देशन दिएको हो ।

“सरकारको कार्यक्रममा अनिवार्य सहभागी हुनु भनेर सूचना जारी गरिएको हो”, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने ।

“सामाजिक सुरक्षा ऐन, २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ मा भएको व्यवस्थाबमोजिम इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा सूचीकण गर्ने व्यवस्था गर्नु/गराउनु”, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक देवकुमार ढकालद्वारा जारी सूचनामा भनिएको छ ।

पटक पटक कोषमा सूचीकृत हुन समयावधि थप गरिएको भए पनि बैंक तथा वित्तीय संस्था सूचीकरण प्रक्रियामा सहभागी हुन नआएको भन्दै श्रम मन्त्रलायले वित्तीय क्षेत्रलाई निर्देशन दिन राष्ट्र बैंकसमक्ष आग्रह गरेको थियो ।

सरकारले श्रमिकको भविश्यलाई जोखिमुक्त बनाउने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । सरकारले ल्याएको योजनामा असन्तुष्टि जनाउँदै बैंक तथा वित्तीय संस्थाले उक्त प्रक्रियामा सहभागी हुन अटेर गर्दै आएका छन् ।

बुधबारसम्म एक लाख ३१ हजार ५७७ श्रमिक र ११ हजार ७९७ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । आजसम्म २६ करोड ५२ लाख १० हजार ४३६ रुपैयाँ ४९ पैसा योगदान रकम सङ्कलन भएको कोषले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ४५ बजे

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

 काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष

मिराजको बेनामी पार्टीले चुनाव नलड्ने

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित