पीपीएलको खेल तालिका सार्वजनिक « Khabarhub

पीपीएलको खेल तालिका सार्वजनिक


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो ।

प्रतियोगितामा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स, पोखरा पल्टन र एक्सपर्ट धनगढी ब्लुज गरी छ टोलीले उपाधिका लागि स्पर्धा गर्नेछन् । मङ्सिर २८ गते उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुनेछ । मङ्सिर २९ गते विराटनगर टाइटन्स र धनगढी ब्लुज तथा काठमाडौँ गोल्डेन्स र बुटवल ब्लास्टर्स बीच दुई खेल हुनेछ ।

मङ्सिर ३० गते पोखरा पल्टन र चितवन राइनोज स्पर्धामा उत्रिनेछन् भने पुस १ गते काठमाडौँ गोल्डेन्स र धनगढी ब्लुज तथा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच स्पर्धा हुने खेल तालिका छ । पुस २ गते बुटवल ब्लास्टर र चितवन राइनोज तथा पुस ३ गते पोखरा पल्टन र बुटवल ब्लास्टर तथा धनगढी ब्लुज र चितवन राइनोज भिड्ने छन् ।

पुस ४ गते विराटनगर टाइटन्स र काठमाडौँ गोल्डेन्स आमनेसामने हुनेछन् । पुस ५ गते विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने सोहि दिन दिउँसो बुटवल ब्लास्टर र धनगढी ब्लुज प्रतिष्पर्धामा उत्रिनेछन् । पुस ६ गते धनगढी ब्लुज र पोखरा पल्टन खेल्नेछन् । पुस ७ गते चितवन राइनोज र काठमाडौँ गोल्डेन्स तथा पुस ८ गते बुटवल ब्लास्टर र विराटनगर टाइटन्सबीच स्पर्धा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

पुस १० गते समूहमा दोस्रो र तेस्रोका बीचमा फाइनल प्रवेशका लागि ‘इलिमिनेटर’ खेल हुनेछ । सो खेलको विजेता र समूह विजेताबीच पुस १२ गते प्रतियोगिताको उपाधिका लागि स्पर्धा हुने आयोजकले जनाएको छ । गत वर्ष विजेता पोखरा पल्टनले ट्रफीसहित नगद रु २७ लाख तथा उपविजेता चितवन राइनोजले नगद रु १० लाख प्राप्त गरेको थियो । आयोजकले यस संस्करणको पुरस्कार राशी सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : ५५ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान