पीपीएलको खेल तालिका सार्वजनिक « Khabarhub

पीपीएलको खेल तालिका सार्वजनिक


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो ।

प्रतियोगितामा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स, पोखरा पल्टन र एक्सपर्ट धनगढी ब्लुज गरी छ टोलीले उपाधिका लागि स्पर्धा गर्नेछन् । मङ्सिर २८ गते उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुनेछ । मङ्सिर २९ गते विराटनगर टाइटन्स र धनगढी ब्लुज तथा काठमाडौँ गोल्डेन्स र बुटवल ब्लास्टर्स बीच दुई खेल हुनेछ ।

मङ्सिर ३० गते पोखरा पल्टन र चितवन राइनोज स्पर्धामा उत्रिनेछन् भने पुस १ गते काठमाडौँ गोल्डेन्स र धनगढी ब्लुज तथा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच स्पर्धा हुने खेल तालिका छ । पुस २ गते बुटवल ब्लास्टर र चितवन राइनोज तथा पुस ३ गते पोखरा पल्टन र बुटवल ब्लास्टर तथा धनगढी ब्लुज र चितवन राइनोज भिड्ने छन् ।

पुस ४ गते विराटनगर टाइटन्स र काठमाडौँ गोल्डेन्स आमनेसामने हुनेछन् । पुस ५ गते विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने सोहि दिन दिउँसो बुटवल ब्लास्टर र धनगढी ब्लुज प्रतिष्पर्धामा उत्रिनेछन् । पुस ६ गते धनगढी ब्लुज र पोखरा पल्टन खेल्नेछन् । पुस ७ गते चितवन राइनोज र काठमाडौँ गोल्डेन्स तथा पुस ८ गते बुटवल ब्लास्टर र विराटनगर टाइटन्सबीच स्पर्धा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

पुस १० गते समूहमा दोस्रो र तेस्रोका बीचमा फाइनल प्रवेशका लागि ‘इलिमिनेटर’ खेल हुनेछ । सो खेलको विजेता र समूह विजेताबीच पुस १२ गते प्रतियोगिताको उपाधिका लागि स्पर्धा हुने आयोजकले जनाएको छ । गत वर्ष विजेता पोखरा पल्टनले ट्रफीसहित नगद रु २७ लाख तथा उपविजेता चितवन राइनोजले नगद रु १० लाख प्राप्त गरेको थियो । आयोजकले यस संस्करणको पुरस्कार राशी सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : ५५ बजे

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी