सीकेद्वारा सहमतिको उल्लंघन, जनमत संग्रहको व्याख्यापछि संसदमा विरोध « Khabarhub

सीकेद्वारा सहमतिको उल्लंघन, जनमत संग्रहको व्याख्यापछि संसदमा विरोध


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखण्ड र स्वाधीन नेपालसहित सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको बाटो त्यागेका डा. सीके राउत जनकपुरा पुग्दा ‘स्वतन्त्र मधेस’ नारा घन्किएको छ । सरकार र राउतबीच शुक्रबार मात्रै ११ बुँदे सहमति भएको थियो ।

राउतको स्वागतको लागि जनकपुर विमास्थल पुगको कार्यकर्ताले ‘फ्री मधेस’ लेखिएको झण्डा बोकेर हिन्दी भाषामा विखण्डनको नारा लगाएको थिए । आजको अन्नपूर्ण दैनिक लेख्छ– राउतले पृथकतावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भनिएपनि उनका कार्याकर्ताले पुरानो नारा छाडेका छैनन् ।

त्यस्तै गरी पत्रिकाले जनमत संग्रहको व्याख्यापछि संसदमा तीव्र असन्तुष्टि चुलिएको समाचारलाई पनि पहिलो पृष्ठमा समाचार छापेको छ । यता कांग्रेस सभापति शेरबहादुर देउवाले सीके राउत मूलधारको राजनीतिमा आउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै पत्रिकाले भारतबाट ल्याउँछ विप्लव समूहले हतियार शीर्षकमा अर्को समाचार छापेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भित्र्याएको पाइएको हो । केही दिनदेखि उक्त समूहले मुलुकका विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको छ ।

त्यस्तै पत्रिकाले क्यान्सर उपचारमा समस्या, शुल्क तिर्दा पनि सेवा पाइँदैन शीर्षकमा क्यान्सरको पहिचान भएका दर्जनौैं विरामी उपचारका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पतला पुग्छन् तर उपचार नै नपाई निरास फर्किने गरेको समाचारमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ६ : २२ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित