दुई विकास बैंकको एकता प्रक्रिया शुरु | Khabarhub Khabarhub

दुई विकास बैंकको एकता प्रक्रिया शुरु


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् ।

बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ ।

साइन रेसुङ्ष डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले आइतबार संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेसँगै एकता प्रक्रिया अघि बढेको घोषणा गरिएको हो ।

एकतापछि पनि एकीकृत बैंकको नाम भने ‘साइन रेसुङ्गा डेवलपमेन्ट बैंक लिमिटेड’ राख्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । साथै एकतापछि साइन रेसुङ्गा डेवलपमेन्ट बैंक राष्ट्रियस्तरको बैंक हुनेछ भने बैंकको केन्द्रीय कार्यालय बुटवलमा स्थापना गरिने छ ।

साइन रेसुङ्गाको रु एक अर्ब ६२ करोड २६ लाख चुक्ता पूँजी रहेको र रु ५५ करोड १२ लाख चुक्ता पूँजी भएको पूर्णिमाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । साइन रेसुङ्गाको निक्षेप रु १६ अर्ब १० करोड २३ लाख र पूर्णिमाको रु तीन अर्ब ३५ करोड ६१ लाख रहेको छ भने कर्जातर्फ साइनको रु १४ अर्ब ५२ करोड ३६ लाख र पूर्णिमाको रु तीन अर्ब चार करोड ६७ लाख रहेको कार्यक्रममा जानकारी गराइएको थियो । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ४० शाखा छन् भने पूर्णिमाका १२ वटा शाखा कार्यालय रहेका छन् ।

यसअघि साइन रेसुङ्गा बैंकले प्युठानलाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो । त्यसैगरी रुपन्देहीमा स्थापित साइन र गुल्मीमा स्थापित रेसुङ्गा एकापसमा गाभिएर साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको हो ।

यस क्षेत्रका १० जिल्लामा कार्यक्षत्र रहेको साइन रेसुङ्गा र तीन जिल्लामा मात्र कार्यक्षेत्र रहेको पूर्णिमाबीच एकता भएसँगै थप कार्यक्षेत्र विस्तारका लागि सघाउ पुग्ने विश्वास बैंक सञ्चालकले लिएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : १६ बजे

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१