इस्लामिक स्टेटको अन्तिम गढमा सैनिक आक्रमण « Khabarhub

इस्लामिक स्टेटको अन्तिम गढमा सैनिक आक्रमण


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरिया– अमेरिका समर्थित कुर्दिस लडाकु समूहको नेतृत्वमा रहेको फौजले पूर्वी सिरियाको बाघुज शहरनजिक रहेको आतंकवादी संगठन इस्लामिक स्टेटको अन्तिम गढमा आक्रमण थालेका छन् ।

इस्लामिक स्टेटको अन्तिम गढ फिर्ता गर्न सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफका लडाकुले सैनिक आक्रमण शुरु गरेको एसडीएफका प्रवक्ता मुस्तफा बालीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

आक्रमण शुरु भएलगत्तै इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा लडाकुलाई लक्षित गरी अमेरिका नेतृत्वको गठबन्धनले व्यापक हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि एसडीएफले इस्लामिक स्टेट विरुद्ध सैनिक कारवाही गर्दै आएको भएपनि इस्लामिक स्टेटको गढबाट हजारौँ सर्वसाधारण भागेर आउन थालेपछि सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै आक्रमण रोकिएको थियो । तर, सर्वसाधारण भागेर आउने क्रम रोकिएपछि सैनिक आक्रमणलाई निरन्तरता दिइएको एसडीएफ प्रवक्ता बालीले जनाएका छन् ।

सर्वसाधारण भागेर आउने क्रम रोकिएको तथा सैनिक निरिक्षण गर्दा इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा सर्वसाधारणको गतिविधि नदेखिएकाले वृहदस्तरको सैनिक आक्रमण गरिएको एसडीएफले जनाएको छ ।
इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा अझै पनि ठूलो सङ्ख्यामा युद्धका अनुभवी लडाकुहरु रहेको तथा उनीहरु अन्त्यसम्म लड्न तयार रहेकाले युद्ध जित्न केही समय लाग्ने एसडीएफले जनाएको छ ।
त्यस्तै, पछिल्लो केही सातायता बाघुज शहरबाट भागेर अधिकांश विदेशीसहित ४ हजारभन्दा धेरै इस्लामिक स्टेटका लडाकुले आत्मसमर्पण गरेको बताइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : ०७ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा