मेलम्चीका १७ वर्ष : २५ अर्ब लगानी, सवा दुई अर्ब भ्रष्टाचार « Khabarhub

मेलम्चीका १७ वर्ष : २५ अर्ब लगानी, सवा दुई अर्ब भ्रष्टाचार


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मिति २०७५ चैत २८ गते विहीबार । आज राजधानीबाट प्रकाशित हुने पत्रिकाहरुले विभिन्न समाचार छापेका छन् । नयाँ पत्रिका दैनिकले मेलम्ची खानेपानी आयोजनाको समाचारलाई ‘मेलम्चीका १७ वर्षः २५ अर्ब लगानी, सवा दुई अर्ब भ्रष्टाचार’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

खानेपाली आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ ।

महालेखाले सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न सिफारिस गरेको छ ।

आयोजना सञ्चालन अवधिमा थप १६ करोड २८ लाख रुपैयाँ अनियमितता भएको पनि समाचारमा जनाइएको छ ।

त्यसैगरी पत्रिकाले डाक्टरहरुको आन्दोलनले विचल्लीमा परेका बिरामीहरुको समाचारलाई पनि पहिलो पृष्ठमा ‘प्रहरी क्याम्प बन्यो वीर अस्पताल’ शीर्षकमा समाचार छापेको छ ।

प्रधानमन्त्री केपी शार्मा ओलीले देशभरकार सरकारी अस्पतालमा सेवा सञ्चालन भए नभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डांक्टरले सेवा अवरुछ पारेको आज ७ दिन हुँदैछ ।

बुधबार भने दैनिक एकदेखि दुई घण्टा चिकित्कसहरुले सेवा सञ्चालन गरेका थिए । स्वास्थ्य तथा जनसंख्या म्रन्त्रालयका अनुसार देशभरका तीन सय सरकारी स्वास्थ्य संस्थामा  आंशिक सेवा सञ्चालन भएको हो ।

प्रशासनले माइकिङ गरेर बोलएपछि जम्मा भएका डाक्टरले आँगनमै बसेर बिारमीको चेकजाँच गरेका थिए ।

त्यसैगरी नयाँ पत्रिकाले ‘चार मिनेट विलम्ब हुँदा नेपाल एयरलाइन्सको जहाज उड्न दिइएन’ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल व्यवस्थापनले धावनमार्ग मर्मतका लागि राति १० बजेपछि उडान अनुमति नदिने प्रावधानविरुपरित फ्लाई दुबईलाई मंगलरबार रातको १० बजेर १७ मिनेटमा उठान अनुमति दिएको थियो ।

तर, १९ चैतमा ४ मिनेट ढिलो हुँदा नेपाल एयरलाइन्सको जहाजलाई भने उडानको अनुमति दिइएको थिएन ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ५ : ५० बजे

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा