मेलम्चीका १७ वर्ष : २५ अर्ब लगानी, सवा दुई अर्ब भ्रष्टाचार « Khabarhub

मेलम्चीका १७ वर्ष : २५ अर्ब लगानी, सवा दुई अर्ब भ्रष्टाचार


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मिति २०७५ चैत २८ गते विहीबार । आज राजधानीबाट प्रकाशित हुने पत्रिकाहरुले विभिन्न समाचार छापेका छन् । नयाँ पत्रिका दैनिकले मेलम्ची खानेपानी आयोजनाको समाचारलाई ‘मेलम्चीका १७ वर्षः २५ अर्ब लगानी, सवा दुई अर्ब भ्रष्टाचार’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

खानेपाली आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ ।

महालेखाले सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न सिफारिस गरेको छ ।

आयोजना सञ्चालन अवधिमा थप १६ करोड २८ लाख रुपैयाँ अनियमितता भएको पनि समाचारमा जनाइएको छ ।

त्यसैगरी पत्रिकाले डाक्टरहरुको आन्दोलनले विचल्लीमा परेका बिरामीहरुको समाचारलाई पनि पहिलो पृष्ठमा ‘प्रहरी क्याम्प बन्यो वीर अस्पताल’ शीर्षकमा समाचार छापेको छ ।

प्रधानमन्त्री केपी शार्मा ओलीले देशभरकार सरकारी अस्पतालमा सेवा सञ्चालन भए नभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डांक्टरले सेवा अवरुछ पारेको आज ७ दिन हुँदैछ ।

बुधबार भने दैनिक एकदेखि दुई घण्टा चिकित्कसहरुले सेवा सञ्चालन गरेका थिए । स्वास्थ्य तथा जनसंख्या म्रन्त्रालयका अनुसार देशभरका तीन सय सरकारी स्वास्थ्य संस्थामा  आंशिक सेवा सञ्चालन भएको हो ।

प्रशासनले माइकिङ गरेर बोलएपछि जम्मा भएका डाक्टरले आँगनमै बसेर बिारमीको चेकजाँच गरेका थिए ।

त्यसैगरी नयाँ पत्रिकाले ‘चार मिनेट विलम्ब हुँदा नेपाल एयरलाइन्सको जहाज उड्न दिइएन’ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल व्यवस्थापनले धावनमार्ग मर्मतका लागि राति १० बजेपछि उडान अनुमति नदिने प्रावधानविरुपरित फ्लाई दुबईलाई मंगलरबार रातको १० बजेर १७ मिनेटमा उठान अनुमति दिएको थियो ।

तर, १९ चैतमा ४ मिनेट ढिलो हुँदा नेपाल एयरलाइन्सको जहाजलाई भने उडानको अनुमति दिइएको थिएन ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ५ : ५० बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार