एकै परिवारका पाँच अधिकृत : भन्छन्–कर्मचारीतन्त्रमाथि लागेको कालो दाग हटाउँछौं « Khabarhub

एकै परिवारका पाँच अधिकृत : भन्छन्–कर्मचारीतन्त्रमाथि लागेको कालो दाग हटाउँछौं


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले अस्पताल, बिरामी र डाक्टर एकअर्काका परिपूरक हुन् तर अहिले देशभर अनौठा दृश्य देख्न पाइन्छन्, डाक्टरहरु अस्पतालमा जान्छन् तर बिरामीलाई वास्ता गर्दैनन् र छुनै चाहँदैनन् । भन्दै डाक्टरको आन्दोलनको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

देशभरका बिरामी, उनका आफन्त र सर्वसाधारणले डाक्टरको यस्तो प्रवृत्तिका कारण आजित हुँदै भन्न थालेका छन्– कति निष्ठरी डाक्टर ! समाचारमा उल्लेख छ ।

त्यसैगरी पत्रिकाले स्थानीय तहमा १६ हजार कर्मचारी अभाव शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको स्थायी समायोजन भए पनि स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त हुन पुगको समाचारमा उल्लेख छ ।  मुलुकका ७५३ वटा स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त रहेकाले सेवा प्रवाहमा समेत गम्भीर समस्या परेको छ ।

‘देउवा–सिटौला एकै मञ्चमा ५ घण्टा’ शीर्षकमा राजधानीले नेपाली कांग्रेसभित्रको किचलो भएपनि दुवै नेता  एकैमञ्चमा बसेको  समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको विादकैबीच एकै मञ्चमा पाँच घण्टा विताएको समाचारमा जनाइएको छ ।

महासमिति बैठकको म्यान्डेड र कार्य सम्पादन समिति गठनलगायतका विषयमा किचलो जारी रहेका बेला सभापति देउवा र नेता सिटौलाले एकै मञ्चबाट कम्युनिष्ट सत्तासँगको लडाइँका लागि पार्टीभित्रको एकतामा जोड दिए ।

बुधबार कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय समिति काभ्रेले भकुण्डेबेशीमा गरेको आमसभामा उनले सम्बोधन गर्दै एकतामा जोड दिएका थिए ।

त्यस्तै राजधानी दैनिकले ‘एकै परिवारका पाँच अधिकृत’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

सरकारी सेवामा नाम निकाल्ने र मुलुकको प्रशासक बन्ने रहर कसलाई पो हुँदैन र ? मुलुकको कुशल प्रशासक बन्ने रहर धेरैले पालेका हुन्छन् । तर, कमैले अवसर पाउँछन्, यस्तै अवसर अर्घाखाँचीका पाख्रेल परिवारलाई मिलेको छ जुन परिवारका पाँच जना सदस्य अधिकृत हुन सफल भएका छन् ।

समाचारमा अघि लेखिएको छ– साविकको जुकेना–९ अन्तर्गत पर्ने हालको सितगंगा नगरपालिका–६ चिसापानीको मध्यमवर्गीय पोख्रेल परिवारका पाँच जना छोराछोरीले नै शाखा अधिकृतका रुपमा देशको प्रशासन हाँक्ने अवसर प्राप्त गरेका हुन् ।

यसरी अवसर प्राप्त गर्नेमा एकै परिवारका प्रेमराज पोख्रेल, सीता, सरोज, अञ्जना र रञ्जिता रहेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ६ : १४ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना