आजको मौसम : सामान्य बदलीदेखि हावाहुरीसहितको वर्षा हुनसक्ने « Khabarhub

आजको मौसम : सामान्य बदलीदेखि हावाहुरीसहितको वर्षा हुनसक्ने


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानी उपत्यकाको मौसम आज (मंगलबार) बिहान सफा रहेपनि दिउँसो सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसममा आशिंक बदलीदेखि हावाहुरीसहितको पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद बरुण पौडेलका अनुसार आज देशभरिनै आंशिकदेखि सामान्य बदलि रहने र पुर्वी तथा मध्य भु-भागका केहि ठाउँमा पानी पर्नेछ । मेघ गर्जनसहितको पानी र हावाहुरीको पनि सम्भावना रहेको पौडेलले बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको ३ दिनको मौसमी विवरण यस्तो छ ।

जेठ २८ गते (मंगलबार)

दिउँसो: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्यदेखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ २९ गते (बुधबार)

दिउँसो: देशभरिनै आंशिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ ३० गते (बिहिबार)

दिउँसो: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्यदेखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : २२ बजे

डिभिजन वन कार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला– डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११  महिनामा रु

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी