स्वीडेनमाथि स्पेनको सहज जीत « Khabarhub

स्वीडेनमाथि स्पेनको सहज जीत


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-युरो कप छनोटअन्तरगर्त गएराति भएको खेलमा स्पेनले स्विडेनलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा स्पेनले स्विडेनलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा स्पेनले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो । खेलको ६४ औं मिनेटमा कप्तान रामोसले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

३३ बर्षका रियल मड्रिडका डिफेन्डर रामोसले १ सय ६५ औ क्यापमा दोस्रो हाफमा पेनाल्टीमार्फत २० गोल पुरा गरेका छन् ।

स्वीडेनका खेलाडीले फाउल गरेपछि स्पेनले ८५ औ मिनेटमा पुन पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अल्भारो मारोटाले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।

यस्तै, स्वीडेनविरुद्ध मिकेल ओयारजाबालले ८७ औ मिनेटमा गोल गर्दै स्पेनलाई ३–० को सहज जित दिलाए ।

समुह एफमा स्पेनले ५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । स्पेनको ४ खेलबाट १२ अक छ । दोस्रो स्थानको स्विडेनको ७ अंक छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १० : १८ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले