बेलायती प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै ओली, गोर्खा भर्ती खारेजीबारे कुरा गर्न सुझाव « Khabarhub

बेलायती प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै ओली, गोर्खा भर्ती खारेजीबारे कुरा गर्न सुझाव


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बेलायती समकक्षी टेरिजा मेसँग भेटवार्ता गर्दै छन् ।

प्रधानमन्त्री ओलीले बेलायती समकक्षी मेसहित अन्य विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

बेलायती प्रधानमन्त्रीसँगको भेटवार्तामा ओलीले भूतपूर्व बेलायती गोर्खा सैनिकको पेन्सनसँग सम्बन्धित विवाद र उनीहरुका समस्याका विषयमा कुरा गर्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको युरोप भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूतपूर्व गोर्खा सैनिकको समस्याका विषयमा बेलायती प्रधानमन्त्रीसँग कुरा हुने बताएका थिए ।

नेकपा नेता भीम रावलले भने बेलायती गोर्खा सैनिकको भर्ती खारेज गर्ने विषयमा छलफल गर्न आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्चाल ट्वीटरमा स्टाटस लेख्दै रावलले भनेका छन्, ‘प्रधानमन्त्रीको बेलायत भ्रमणको अवसरमा विगतमा निरंकुश ब्यवस्थाले थोपरेको अपमानजनक गोर्खा भर्ती सन्धिको पुनरावलोकन गर्दै खारेजीको प्रस्ताव राख्नु र भूतपूर्व गोर्खाहरूले उठाएका समस्याहरूको समाधान खोज्न बेलायती प्रधामन्त्रीसंग कुरा गर्नु उचित हुनेछ ।’

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ११ : ०० बजे

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल