नेपालमा राम्रो फिल्म लेख्नेको खाँचो छ- अनुप बराल « Khabarhub

नेपालमा राम्रो फिल्म लेख्नेको खाँचो छ- अनुप बराल


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपालमा सिनेमा राम्रो बन्न नसक्नुको दोष फिल्म लेखकलाई पनि दिने गरिन्छ । पछिल्लो समय नेपाली सिनेमामा फरकपनको खोजी गरिँदै गर्दा निर्माण भएका केही सिनेमाले बाहेक अरु सिनेमाले दर्शकले मन जित्न सकेनन् । धेरै फिल्मको पटकथा र कथामा नै समस्या देखियो ।

फिल्ममा उठाइने विषयलाई पनि महत्त्वका साथ लिने गरिन्छ । यसैबीच अभिनेता तथा निर्देशक अनुप बरालले फिल्म राम्रो बन्नका लागि विषयवस्तुको ठूलो भूमिका हुने बताए । साथै उनले नेपालमा राम्रा फिल्म लेखक आउन नसकेको र अझै नयाँ लेखकको खाँचो भएको औंल्याए ।

खगेन्द्र लामिछानेको निर्देशनमा तयार हुन लागेको फिल्म ‘पानी फोटो’ मा केही फरक भूमिका प्रस्तुत हुन लागेको बताउने बरालले भने, ‘फिल्म राम्रो बन्न विषय सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।’

यस्तै फरक काम गर्न पाउनु कलाकारका लागि चुनौती हुने तर फरक भूमिकामा काम गर्न सधै तयार रहनुपर्ने उनले बताए ।

रंगमञ्च क्षेत्रमा व्यस्त अभिनेता बरालले अभिनय सिकाएका विद्यार्थी नेपाली फिल्म क्षेत्रमा जमेका छन् । अनुप भने फिल्ममा भन्दा बढी नाटक र प्रशिक्षणमा नै व्यस्त देखिन्छन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १० : ५४ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख