नाटकीय रुपमा नेयमारको सरुवा मूल्य घट्दै « Khabarhub

नाटकीय रुपमा नेयमारको सरुवा मूल्य घट्दै


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय सञ्चार संस्था एलक्युप र मार्काकाअनुसार ब्राजिलियन फुटबल स्टार नेयमारको सरुवा मूल्यमा गिरावट आएको छ । केही समय अगाडि सिआईईएस फुटबल अब्जर्भेटरीले सार्वजनिक गरेको रिर्पोटअनुसार नेयमारको मैैदानको प्रदर्शन र उनको व्यवहारले उनलाई धक्का दिएको उल्लेख गरिएको छ ।

सन् २०१७ मा स्पेनिस महारथी बार्सिलोनाबाट लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा कीर्तिमानी मूल्यमा आबद्ध भएका उनको २ वर्ष नबित्दै सरुवा मूल्यमा गिरावट आएको हो । नेयमार बार्सिलोनाबाट पीएसजीमा २१२ मिलियन युरोमा आबद्ध भएका थिए ।

कीर्तिमानी मूल्यमा क्लबमा भित्रिएका नेयमारले अहिलेसम्म पीएसजीमा रहँदा मात्रै ५१.८ प्रतिशत खेल खेलेका छन् । जुन स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र मेस्सीभन्दा निकै कम हो ।

रोनाल्डोले ७७ प्रतिशत क्लबका खेल खेल्दा मेस्सीले ८७ प्रतिशत खेल खेलेका छन् । त्यतिमात्रै होइन सिआईईएस फुटबल अव्जर्भेटरीले सार्वजनिक गरेको रिपोर्टअनुसार नेयमारको जुन महिनासम्मको सरुवा मूल्य १२० मिलियन युरो देखि १५० मिलियन युरो रहेको छ । यतिसम्म कि उनी पीएसजीमा २१२ मिलियन युरोमा क्लब प्रवेश गरेका थिए ।

नेयमार अहिले घाइते भएकै कारण ब्राजिलको टोलीमा पनि अटाएका छैनन् । इन्जुरीकै कारण नेयमारले घरेलु मैदानमा आयोजना हुन लागेको कोपा अमेरीका गुमाउने भएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ५ : ०५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन