पाकिस्तानी प्रधानमन्त्रीले भने- देश चलाउन पैसा छैन | Khabarhub Khabarhub

पाकिस्तानी प्रधानमन्त्रीले भने- देश चलाउन पैसा छैन


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसाको अभाव रहेको जनाएका छन् ।

हालै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले मुलुकको आर्थिक अवस्था नाजुक बन्दै गएको जनाएका हुन् । सम्बोधनका क्रममा उनले मुलुकको आर्थिक अवस्थालाई उकास्नका लागि नागरिकलाई कर तिर्न समेत आह्वान गरे ।

त्यसका लागि आगामी जुन ३० सम्म नागरिकलाई आफ्नो सम्पत्ति विवरणको घोषणा गर्न आग्रह गरेका छन् । यसबाट अवैध कालो धन पत्ता लाग्ने र सरकारले जफत गर्ने समेत खानको भनाइ छ । उनले कालो धनलाई सरकारले जफत गरी आर्थिक अवस्था सुधारमा खर्च गर्ने समेत बताए ।

पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६० खर्ब रुपैयाँबाट ३ सय खर्ब रुपैयाँ पुगेको भन्दै प्रधानमन्त्री खानले वार्षिक ४० खर्ब रुपैयाँ बराबरको कर उठाउने लक्ष्य रहेको र आधा पैसा ऋण तिर्न खर्च गरिने जनाए ।

पाकिस्तानीहरुले निकै कम मात्र कर तिर्ने गरेको भएपनि पाकिस्तानीहरु नै सबैभन्दा धेरै ऋणको बोझमा रहेको प्रधानमन्त्री खानको भनाइ छ । उनले पाकिस्तानीहरु तयार रहे हरेक वर्ष १ सय खर्ब रुपैयाँसम्म उठाउन सकिने जनाए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : ०६ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले