पाकिस्तानी प्रधानमन्त्रीले भने- देश चलाउन पैसा छैन « Khabarhub

पाकिस्तानी प्रधानमन्त्रीले भने- देश चलाउन पैसा छैन


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसाको अभाव रहेको जनाएका छन् ।

हालै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले मुलुकको आर्थिक अवस्था नाजुक बन्दै गएको जनाएका हुन् । सम्बोधनका क्रममा उनले मुलुकको आर्थिक अवस्थालाई उकास्नका लागि नागरिकलाई कर तिर्न समेत आह्वान गरे ।

त्यसका लागि आगामी जुन ३० सम्म नागरिकलाई आफ्नो सम्पत्ति विवरणको घोषणा गर्न आग्रह गरेका छन् । यसबाट अवैध कालो धन पत्ता लाग्ने र सरकारले जफत गर्ने समेत खानको भनाइ छ । उनले कालो धनलाई सरकारले जफत गरी आर्थिक अवस्था सुधारमा खर्च गर्ने समेत बताए ।

पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६० खर्ब रुपैयाँबाट ३ सय खर्ब रुपैयाँ पुगेको भन्दै प्रधानमन्त्री खानले वार्षिक ४० खर्ब रुपैयाँ बराबरको कर उठाउने लक्ष्य रहेको र आधा पैसा ऋण तिर्न खर्च गरिने जनाए ।

पाकिस्तानीहरुले निकै कम मात्र कर तिर्ने गरेको भएपनि पाकिस्तानीहरु नै सबैभन्दा धेरै ऋणको बोझमा रहेको प्रधानमन्त्री खानको भनाइ छ । उनले पाकिस्तानीहरु तयार रहे हरेक वर्ष १ सय खर्ब रुपैयाँसम्म उठाउन सकिने जनाए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : ०६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु