चुम्बनको दृश्य दिनु ‘बिग डिल’ होइन: आशिरमान « Khabarhub

चुम्बनको दृश्य दिनु ‘बिग डिल’ होइन: आशिरमान


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला फिल्म ‘ब्रेकअप’ को टिम प्रचारका लागि विभिन्न कलेज पुगेको छ । युवापुस्तालाई मध्यनजर गरी निर्माण गरिएको यो फिल्ममा आशिरमान देशराज जोशी र शिल्पा मास्केको जोडी छ । यसअघि शिल्पा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ मा छोटो भूमिकामा देखिएकी थिइन् ।

आइतवार यो फिल्मी जोडी राजधानीको एक कलेजमा भेटिए । उक्त कार्यक्रममा युवापुस्ताको बाक्लो उपस्थिति थियो ।

सोही मौकालाई मध्यनजर गर्दै पत्रकारले आशिरमान र शिल्पालाई सोधे, ‘फिल्ममा दिएको चुम्बनको दृश्यले विवाद पनि ल्यायो कि?’

प्रश्नको उत्तर दिँदै मुख्य अभिनेता आशिरमानले भने, ‘अब हामीले सोच परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ, हामीले सोचलाई परिपक्व बनाउनुपर्छ, चुम्बन दृश्य दिनु बिग डिल होइन, यसलाई बिग बनाइएको मात्र हो ।’

तस्वीर – फिल्मी नेपाल

फिल्मकी अभिनेत्री शिल्पा मास्केले पनि आफूलाई यो दृश्य गर्दा रमाइलो लागेको बताइन् । तर उनले के भन्न भने छुटाइनन् भने ‘हामीलाई थाहा थियो कि, यो एक्टिङ थियो ।’

यही फागुन १७ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्ममा कथा तथा स्किृप्ट पनि निर्देशक बिसीकै छ ।

फिल्ममा नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन तथा रुपक थापा, दीपक खतिवडा, रेनु राना र हेमराज बिसीको लगानी रहेको छ ।

यस्तै फिल्ममा आशिरमान र शिल्पासँगै रेमनदास श्रेष्ठ, सरोज खनाल लगायतले अभिनय गरेका छन् ।

फिल्मको ट्रेलर तथा गीतले दर्शकको राम्रै प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ११ : ३५ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि