चुम्बनको दृश्य दिनु ‘बिग डिल’ होइन: आशिरमान « Khabarhub

चुम्बनको दृश्य दिनु ‘बिग डिल’ होइन: आशिरमान


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला फिल्म ‘ब्रेकअप’ को टिम प्रचारका लागि विभिन्न कलेज पुगेको छ । युवापुस्तालाई मध्यनजर गरी निर्माण गरिएको यो फिल्ममा आशिरमान देशराज जोशी र शिल्पा मास्केको जोडी छ । यसअघि शिल्पा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ मा छोटो भूमिकामा देखिएकी थिइन् ।

आइतवार यो फिल्मी जोडी राजधानीको एक कलेजमा भेटिए । उक्त कार्यक्रममा युवापुस्ताको बाक्लो उपस्थिति थियो ।

सोही मौकालाई मध्यनजर गर्दै पत्रकारले आशिरमान र शिल्पालाई सोधे, ‘फिल्ममा दिएको चुम्बनको दृश्यले विवाद पनि ल्यायो कि?’

प्रश्नको उत्तर दिँदै मुख्य अभिनेता आशिरमानले भने, ‘अब हामीले सोच परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ, हामीले सोचलाई परिपक्व बनाउनुपर्छ, चुम्बन दृश्य दिनु बिग डिल होइन, यसलाई बिग बनाइएको मात्र हो ।’

तस्वीर – फिल्मी नेपाल

फिल्मकी अभिनेत्री शिल्पा मास्केले पनि आफूलाई यो दृश्य गर्दा रमाइलो लागेको बताइन् । तर उनले के भन्न भने छुटाइनन् भने ‘हामीलाई थाहा थियो कि, यो एक्टिङ थियो ।’

यही फागुन १७ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्ममा कथा तथा स्किृप्ट पनि निर्देशक बिसीकै छ ।

फिल्ममा नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन तथा रुपक थापा, दीपक खतिवडा, रेनु राना र हेमराज बिसीको लगानी रहेको छ ।

यस्तै फिल्ममा आशिरमान र शिल्पासँगै रेमनदास श्रेष्ठ, सरोज खनाल लगायतले अभिनय गरेका छन् ।

फिल्मको ट्रेलर तथा गीतले दर्शकको राम्रै प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ११ : ३५ बजे

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर

शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा

हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान

तेहरान– इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी

‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै समस्या छैन’  

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय