बिमा विनाको प्रतियोगिता हुँदैन : सिलवाल « Khabarhub

बिमा विनाको प्रतियोगिता हुँदैन : सिलवाल


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन् ।

राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य-सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य-सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य-सचिव सिलवालले सो कुरा बताएका हुन् ।

‘खेलाडी, प्रशिक्षक, अफिसियलको विमा नगरिएको प्रतियोगिता मान्य हुँदैन । चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस् वा अन्य प्रतियोगिता । विमा गर्नै पर्छ ।’ सदस्य-सचिव सिलवालले भने ।

सदस्य-सचिव सिलवालले खेलकुदलाई विवादको थलो बनाउन खोज्ने कुतत्वलाई सबै मिलेर सामाजिक बाहिष्कार गर्नु पर्ने धारणा व्यक्त गर्दै विगतमा भएका राम्रा कामलाई निरन्तरता दिने बताए ।

उनले बाहिरबाट हायर गरिएको व्यक्तिले नभइ परिषद्कै कर्मचारी स्वयंले आफ्नो संस्थालाई मजबुत बनाउनु पर्ने बताउदै आफ्नो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ र अनुशासित हुने बताए ।

‘यहाँ धेरै कर्मचारीहरुसंग लामो समय काम गरेको अनुभव छ । हायर गरेको व्यक्तिले होइन तपाईंहरुले नै परिषद्लाई मजबुत बनाउने हो ।’ सदस्य-सचिव सिलवालले भने- ‘मेरो कार्यकाल यस्तो हुन्छ भनेर भन्दिन । तर मेरो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ, अनुशासित हुन्छ ।’

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आफ्नो सिंगो अनुभव खेलकुदको विकासमा प्रयोग गर्ने बताउदै वर्तमान सदस्य-सचिवलाई खेलकुदको हितका निम्ति पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

निवर्तमान सदस्य-सचिव विष्टले १३ औं दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रकै प्रतिष्ठासंग जोडिएको विषय भएकाले समयमै हुनु पर्नेमा जोड दिदै यस विषयमा वर्तमान सदस्य-सचिव पनि सचेत रहेको बताए ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलकुदलाई माया गर्ने र खेलकुद बुझेको व्यक्तिलाई सदस्य-सचिव बनाएर पठाएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । उनले निवर्तमान सदस्य-सचिव विष्टको कार्यकालमा पनि धेरै राम्रा कामहरु भएको बताए ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले लामो समयदेखि रोकिएको कर्मचारीहरुको बढुवाका लागि वर्तमान सदस्य-सचिवलाई पहल गरिदिन आग्रह गर्दै करार कर्मचारीहरुलाई स्थायी गर्ने विषयमा पनि गम्भीर हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा कर्मचारी संघले निवर्तमान सदस्य-सचिव विष्टलाई खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ९ : ३२ बजे

नेकपा छाडेर प्रलोपा रोजेका सुदन अब हर्कको श्रम संस्कृतितिर (तस्बिरहरू)

काठमाडौं- पूर्वपर्यटन मन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमण्डलका सदस्य सुदन

नौ दिनदेखि हराइरहेकी महिला मृत फेला

तेह्रथुम- तेह्रथुम जिल्लास्थित म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत

एउटा स्मार्ट लाइसेन्स छाप्न १९५.१७ रुपैयाँ लाग्ने

काठमाडौं- एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब रु १९५.१७

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

गण्डकी- निर्माणमा ढिलाइ भइरहेको तालचोक-बेगनास सडकको तेस्रोपटक म्याद थप भएको

वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन व्यवस्थित गर्न अपिल

अर्घाखाँची- वनक्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन वन अतिक्रमण