पृथकतावादीलाई लक्षित गरी यमनमा साउदी हवाई आक्रमण « Khabarhub

पृथकतावादीलाई लक्षित गरी यमनमा साउदी हवाई आक्रमण


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आदेन– साउदी अरबले यमनमा सक्रिय पृथकतावादी समूह साउदर्न ट्रान्जिसनल कमिटी एसटीसीका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारको राजधानी शहर आदेनमा सरकारी सेनाविरुद्ध लडिरहेको एसटिसीका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरिएको साउदी अधिकारीले जनाएका छन् । हवाई आक्रमणबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

साउदी अरबले एसटिसीलाई सरकारसँग वार्ता गर्न आह्वान गरेको छ । सरकारसँग वार्तामा नबसे लडाकुलाई लक्षित गरी थप आक्रमण गर्ने साउदीको चेतावनी छ । साउदी हवाई आक्रमणपछि यमनी सेना तथा सरकारी कार्यालयलाई लक्षित गर्न गएका एसटिसीका लडाकुहरु फिर्ता भएका छन् ।

हाल यमनको राजधानीमा हुथी बिद्रोहीले कब्जा गरेका कारण यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले आदेनलाई अस्थायी राजधानी बनाएको छ । दक्षिणी यमनलाई पृथक राज्य बनाउनका लागि स्थापित एसटिसीले आदेनका सरकारी कार्यालयहरुमा कब्जा जमाएर बसिरहेको बताइएको छ ।

एसटीसीलाई भने साउदी गठबन्धनमै सामेल युएईले आर्थिक तथा सैनिक सहयोग गरिरहेको यमन सरकारको भनाइ छ । अर्कोतर्फ साउदी अरबले भने राष्ट्रपति अब्दरब्बु मन्सुर हादीको समर्थनमा हुथी विद्रोही तथा अन्य लडाकु समूहलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : ०४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक