उड्ने हैन त हावामा ? सुपरम्यान बन्नुको मज्जा बेग्लै ! « Khabarhub

उड्ने हैन त हावामा ? सुपरम्यान बन्नुको मज्जा बेग्लै !


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलस्थित थाक्लेडाँडामा साहसिक खेल ‘जीपलाइन’को मज्जा लिने पर्यटकको संख्या बढ्दो छ ।

थाक्लेडाँडाबाट पाँचखालको खावासम्मको एक किलोमिटर दूरीमा खेलिने यो साहासिह खेल गत फागुनदेखि सञ्चालनमा ल्याइएको हो । जीपलाइन सञ्चालनमा आएसँगै यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । जीपलाइन खेलमा विदेशी पर्यटकहरु आउने क्रम पनि बढिरहेको संचालकको भनाइ छ ।

जीप लाइनमा रमाउनेहरुका लागि सञ्चालकले तीन प्रकारका खेलहरुको सुविधा प्रदान गर्दै आएको छ । जसमा क्लासिक जीपलाईन (एक जना), कपल जीपलाइन (दुई जना) र सुपरम्यान जीप लाइन (सुतेर) छन् । जुन रोजी छानी खेल्न पाइन्छ ।

जीपलाईनमा एउटा टावरदेखि अर्कौ टावरसम्म पुग्न १ मिनेट २० सेकेण्ड लाग्नेभए पनि मानिसको तौल र रक्तचापमा समेत निर्भर रहने हुँदा समय घटबढ हुनसक्ने सञ्चालक केदार थापाले जानकारी दिए ।

हावामा उड्न कति लाग्छ ?

साहसिक खेल जीपलाइनमा तीन प्रकारका खेल छ । तीनै प्रकारका खेलमा आन्तरिक र बाह्य पर्यटकका लागि खेलको शुल्क पनि फरक–फरक तोकिएको छ ।

नेपाली नागरिकका लागि क्लासिक जीपलाईनका लागि २ हजार ५ सय, कपल जीपलाइनका लागि ४ हजार ५ सय र सुपरम्यान जीप लाइनका लागि ३ हजार ५ सय नेपाली रुपैयाँ लाग्नेछ ।

यस्तै सार्क मुलुकका पर्यटकका लागि क्लासिक, कपल र सुपरम्याप जीपलाईनमा क्रमशः ३ हजार, ४ हजार र ५ हजार शुल्क तोकिएको छ भने, अन्य मुलुकका पर्यटकले क्रमशः ३ हजार ५ सय, ४ हजार ५ सय र ६ हजार शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : २२ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा