अलिबाबाका संस्थापक ज्याक माले दिए पदबाट राजीनामा « Khabarhub

अलिबाबाका संस्थापक ज्याक माले दिए पदबाट राजीनामा


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको दोश्रो ठूलो अनलाइन शपिङ कम्पनी अलिबाबाका अध्यक्ष एवं चीनका अर्बपति ज्याक माले कम्पनीको पदबाट राजीनामा दिएका छन् ।

५५ वर्षको उमेर पुगेपछि राजीनामा दिने यसअघिको घोषणा अनुसार ५५ औं जन्मदिनको अवसरमा माले मंगलबार कम्पनीको पदबाट राजीनामा दिएका हुन् । यद्यपि उनी अलिबाबा पार्टनरसिपको सदस्यका रुपमा भने कम्पनीमै रहनेछन् ।

विगतमा अंग्रेजी शिक्षक रहेका माले सन् १९९९ मा अलिबाबा इ–कमर्श अनलाइन सेवा शुरु गरेका थिए । शुरुमा यो कम्पनीले चिनियाँ निर्यातक र अमेरिकी खुद्रा व्यापारीलाई जोड्ने पुलको रुपमा काम गर्दथ्यो ।

चीनको बढ्दो उपभोक्ता बजारलाई शुरुका दिनमा केन्द्रित गरेपनि पछि यस कम्पनीले अनलाइन बैंकिङ, मनोरञ्जन र कम्प्युटिङका क्षेत्रमा लगानी बढाएको थियो ।

ज्याक माको स्थानमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डानियल झाङ नियुक्त हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ४० अर्ब अमेरिकी डलर सम्पत्ती रहेका मा चीनका सर्वाधिक धनाढ्य व्यक्ति हुन् ।

उनले अब आफ्नो बाँकी जीवन परोपकारको क्षेत्रमा व्यतित गर्ने बताइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : ४२ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा