किन धर्मरायो नीताको करिअर? | Khabarhub Khabarhub

किन धर्मरायो नीताको करिअर?


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चलचित्र ‘पञ्चायत’ प्रदर्शन भएपछि धेरैलाई लागेको थियो, नीताको करिअर अब उकालो लाग्यो । उनले यो फिल्ममा गज्जबको काम देखाएकी थिइन् । त्यसकारण पनि नीता यो फिल्मबाट आशावादी थिइन् । अर्कातिर उनले यही फिल्मबाट केही अवार्ड पनि थापिन् ।

तर, नीताको करिअरमा भने फिल्मले कुनै राहत दिलाएन । बरु नीतालाई म्युजिक भिडियोमा नै बढी देखिन थालियो । उनले केही यस्ता फिल्ममा समेत काम गरिन्, न ती चलचित्र स्टारकास्टका कारण दर्शकको नजरमा परेका थिए, न त स्किृप्ट नै बलियो थियो । अफर आएजत्तिका फिल्ममा काम गर्दा नीताको करिअर धरमर गर्न थाल्यो ।

त्यसो त नीताले म्युजिक भिडियोमा पनि तारन्तार काम गर्न थालिन् । जसले गर्दा फिल्ममा बनाएको नीताको ‘नायिका’ को ट्याग बिस्तारै ‘मोडलिङ’ मा सीमित हुन थाल्यो । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘रातो टीका निधारमा’ ले पनि उनलाई कुनै फाइदा पु¥याउन सकेन ।

उक्त फिल्ममा नीतालाई लिड रोलमा नभएर एक सानो भूमिकामा अभिनय गराइएको थियो । फिल्म पनि फ्लप भयो । उनको भूमिकाले पनि दर्शकलाई आकर्षित गर्न सकेन ।

मोडलिङ र नाचमा मात्र सीमित नीताले अहिले त जस्तोसुकै काम आए पनि नाइँ नभनी काम गरिरहेकी छिन् । तर, भोलिका दिनमा उनको स्टाटस कस्तो बन्नेछ भन्नेमा भने नीता स्वयम् पनि सचेत हुनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : २९ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार