किन धर्मरायो नीताको करिअर? « Khabarhub

किन धर्मरायो नीताको करिअर?


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चलचित्र ‘पञ्चायत’ प्रदर्शन भएपछि धेरैलाई लागेको थियो, नीताको करिअर अब उकालो लाग्यो । उनले यो फिल्ममा गज्जबको काम देखाएकी थिइन् । त्यसकारण पनि नीता यो फिल्मबाट आशावादी थिइन् । अर्कातिर उनले यही फिल्मबाट केही अवार्ड पनि थापिन् ।

तर, नीताको करिअरमा भने फिल्मले कुनै राहत दिलाएन । बरु नीतालाई म्युजिक भिडियोमा नै बढी देखिन थालियो । उनले केही यस्ता फिल्ममा समेत काम गरिन्, न ती चलचित्र स्टारकास्टका कारण दर्शकको नजरमा परेका थिए, न त स्किृप्ट नै बलियो थियो । अफर आएजत्तिका फिल्ममा काम गर्दा नीताको करिअर धरमर गर्न थाल्यो ।

त्यसो त नीताले म्युजिक भिडियोमा पनि तारन्तार काम गर्न थालिन् । जसले गर्दा फिल्ममा बनाएको नीताको ‘नायिका’ को ट्याग बिस्तारै ‘मोडलिङ’ मा सीमित हुन थाल्यो । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘रातो टीका निधारमा’ ले पनि उनलाई कुनै फाइदा पु¥याउन सकेन ।

उक्त फिल्ममा नीतालाई लिड रोलमा नभएर एक सानो भूमिकामा अभिनय गराइएको थियो । फिल्म पनि फ्लप भयो । उनको भूमिकाले पनि दर्शकलाई आकर्षित गर्न सकेन ।

मोडलिङ र नाचमा मात्र सीमित नीताले अहिले त जस्तोसुकै काम आए पनि नाइँ नभनी काम गरिरहेकी छिन् । तर, भोलिका दिनमा उनको स्टाटस कस्तो बन्नेछ भन्नेमा भने नीता स्वयम् पनि सचेत हुनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : २९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा