बाँकेमा मासु पसलको अनुगमन « Khabarhub

बाँकेमा मासु पसलको अनुगमन


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्ज बजारका आठ वटा मासु पसलको अनुगमन गरिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा चार वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

उक्त मासु पसललाई तीन दिनभित्र पसल दर्ताको प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ । यस्तै एउटा पसल नवीकरण नभएको पाइएकाले तीन दिनभित्र नवीकरण गर्ने समय दिइएको छ ।

बजारमा मासुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो आएपछि अनुगमन गर्न निस्किएको संयुक्त बजार अनुगमन टोलीले मासु पसलको मूल्यसूचि अद्यावधिक नगरेको, नापतौल यन्त्र नापतौल कार्यालयबाट प्रमाणित नगराएको भेटिएकाले तत्काल सच्चिन निर्देशन दिइएको प्रमुख पौडेलले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ८ : १४ बजे

मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र

एजेन्सी- अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा इरानले

आठ इरानी मिसाइल खसालेको जोर्डनको दाबी

अम्मान- जोर्डनको सशस्त्र बलले आफ्नो हवाई रक्षा प्रणालीले बिहीबार जोर्डनतर्फ

यसकारण मेस्सी फुटबलका ‘राजा’

एटलान्टा- अमेरिकामा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इन्जुरी समयमा अविश्वसनीय

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित