अपडेट : सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो « Khabarhub

अपडेट : सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् ।

मृत्यु हुनेमा इन्द्रवती गाउँपालिकका ९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य रहेका छन् । त्यस्तै काभ्रे पाँचखालकी संगीता पुरकोटी र काभ्रेका केदार महाजु छन् । महाजु बसका चालक हुन् । अन्यको सनाखत भएको छैन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिकाअन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ भने ५ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल सेनाको हेलिकोप्टर लिएर घटनास्थल पुगेका हुन् । घटनास्थल दुलालको निर्वाचन क्षेत्रसमेत हो ।

घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको मन्त्री दुलालले जानकारी दिए ।

बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १ : ०२ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले