४ लाख रुपैयाँसहित ३९ जुवाडे पक्राउ « Khabarhub

४ लाख रुपैयाँसहित ३९ जुवाडे पक्राउ


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा दशैँ अवधिमा जुवातास खेल्ने ३९ जनालाई चार लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

दशैँ अवधिभर बाँकेमा जुवाका पाँचवटा खालमा प्रहरीले छापामारी ३९ जनालाई रु तीन लाख ९७ हजार १५३ सहित पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।

उनका अनुसार, पछिल्लोपटक नेपालगञ्जमा बिहीवार राति १७ जना जुवाडे पक्राउ परेका हुन् । गणेशपुरबाट रु एक लाख ८३ हजारसहित उनीहरु पक्राउ परेका थिए । सबभन्दा बढी कोहलपुर नगरपालिकाको विभिन्न वडाबाट २२ जना जुवाडे पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार, जुवा खेलिरहेको सूचनाका आधारमा रेडक्रस रोडमा रहेको एक इन्स्टिच्यूटबाट रु ९८ हजारसहित कोहलपुर नगरपालिका–११ न्यूरोड बस्ने उमेश शाही, सोही ठाउँका केशव क्षेत्री र वडा नं. १३ बस्ने नरबहादुर खत्रीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले गत शनिबार मात्र कोहलपुरमा जुवा खेल्दै गरेका १९ जना व्यक्तिलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । कोहलपुर नगरपालिका–५ शान्तिनगरबाट ११ जनालाई रु २६ हजार र शनिबार राति नै बैजानाथ गाँउपालिका–४ तिलकपुरबाट आठ जनालाई रु ९० हजार १५३ सहित नियन्त्रणमा लिएको हो ।

कोहलपुर र नेपालगञ्जमा जुवाका खालमा प्रहरीले धमाधम छापा हानेपछि नियमित जुवा खेल्नेहरु ग्रामीण क्षेत्रतिर लागेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : २७ बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले