संसदीय समिति बैठकमा गएनन् प्रधानमन्त्री, प्रचण्ड सहभागी « Khabarhub

संसदीय समिति बैठकमा गएनन् प्रधानमन्त्री, प्रचण्ड सहभागी


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे छलफल गर्न भन्दै संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्री ओलीलाई छलफलका लागि बोलाएको थियो । तर ओली सिंहदरबारमा भएको समितिको बैठकमा उपस्थित भएनन् ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल उपस्थित भएकी छन् ।

अर्यालका अनुसार स्वास्थ्यका कारण बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेका हुन् । प्रधानमन्त्री ओली आजै विहान भएको नेकपाको सचिवायल बैठकमा भने उपस्थित भएका थिए ।

संसदीय समितिको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित भएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १२ : ३७ बजे

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक