रुप ज्योतिका दाई पद्म ज्योतिलाई पनि पक्राउ गर्न आदेश « Khabarhub

रुप ज्योतिका दाई पद्म ज्योतिलाई पनि पक्राउ गर्न आदेश


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले ठगी आरोपमा व्यवसायी रुप ज्योतिमाथि अनुसन्धान भइरहेका बेला उनका दाइ पद्म ज्योतिलाई समेत पक्राउ गर्ने आदेश दिएको छ ।

पद्म ज्योतिलाई पनि ठगी आरोपमा पक्राउ गर्न आदेश दिइएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ज्योतिलाई पक्राउको अनुमति दिएको हो ।

ल्याण्डमार्क डेभलपर्सको नाममा आफूलाई ठगी गरेको भन्दै काठमाडौंका विजेन्द्रकृष्ण मल्लले दिएको उजुरीका आधारमा प्रहरीले ज्योतिलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति मागेको थियो ।

प्रहरीले अनुमति मागेपछि न्यायाधीश भट्टराईको एकल इजलासले पक्राउको उनलाई पक्राउ गर्न अनुमति दिएको हो ।

मल्लको उजुरीकै आधारमा प्रहरीले पद्म ज्योतिका भाइ रूप ज्योतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मल्लको जाहेरीका आधारमा रुप ज्योति र उनकी छोरी सुरुचीलाई केही दिन अघि त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा ज्योति समूहका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ७ : २१ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित