महोत्सवको नाममा हात्तीमाथिको क्रुरता अन्त्य गर्न पशुअधिकारवादीहरुको आग्रह « Khabarhub

महोत्सवको नाममा हात्तीमाथिको क्रुरता अन्त्य गर्न पशुअधिकारवादीहरुको आग्रह


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा हात्ती महोत्सव नगर्न पशुअधिकारवादीहरुले आग्रह गरेका छन् ।

चितवन महोत्सवका क्रममा हात्तीलाई दौड, सवारी र फुटबल तथा पोलो “खेल” को लागि माहुतेले जबर्जस्ति अंकुश, लठ्ठी तथा काठे चक्कुजस्ता धारिला हतियारहरु प्रयोग गर्ने गरेको भन्दै पशुअधिकारवादी संस्थाहरुले विरोध जनाएका हुन् ।

गत वर्ष आयोजना गरिएको चितवन हात्ती महोत्सवबाट पिपुल फर दि इथिकल ट्रिट्मेण्ट अफ एनिमल्स (पेटा) ले प्राप्त गरेको भिडियो फुटेज मा माहुतेले हात्तीलाई दौड, सवारी र फुटबल तथा पोलो “खेल” को लागि जबर्जस्ति अंकुश, लठ्ठी तथा काठे चक्कुजस्ता धारिला हतियारहरु टाउकोमा र कानजस्तो संवेदनशील अंग पछाडीको भागमा प्रहार गरेको र घोचेको देखाइएको भन्दै उसले आपत्ती जनाएको छ।

दोषी देखिने प्रमाणको प्रतियुत्तरमा लगभग सबै पूर्व प्रायोजकहरुले हात्ती महोत्सवसँग आफ्नो सम्बन्ध तोडेका र धेरैजसो ट्राभल कम्पनीहरुले यस्तो क्रुर कार्यक्रमसँग सम्बन्ध नराख्ने भनेर प्रतिज्ञा गरेका पेटाले दाबी गरेको छ ।

विश्वभरबाट हजारौँ मानिसहरुले यस्तो कार्य बन्द गर्न अनुरोध गरेको उसको भनाइ छ ।

पशुमाथिको क्रुरतालाई वेवास्ता गर्नाले देशको “भ्रमण वर्ष २०२०” अभियान मा कलङ्क लाग्ने काम मात्रै हुन्छ भन्दै पेटा र एनिमल राइट्स क्लब (आर्क) ले चेतावनी दिएका छन् तर, क्षेत्रीय होटल संघ नेपाल – चितवन (महोत्सवका आयोजक) र नवनिर्वाचित अध्यक्ष, दिपक भट्टराईले भने महोत्सव रोक्ने तर्फ कुनै कदम नचालेको पेटाको भनाइ छ ।

“चितवन हात्ती महोत्सव को लागि हात्ती प्रतिको सास्ती बन्द नगरेसम्म पर्यटन मन्त्रालयले ‘भ्रमण वर्ष २०२०’ अभियानलाई जति नै प्रचारप्रसार गरेपनि यसले झनै पर्यटकहरुमा वितृष्णा पैदा गर्ने मात्रै देखिन्छ”, आर्क का सह-संस्थापक सुराजन श्रेष्ठ भन्छन्”विश्वसामु नेपालको अपमान हुन बाट बचाउन, भट्टराईले तत्कालै महोत्सव बन्द गर्नुपर्छ।”

पेटाले “पशुहरु हाम्रो मनोरञ्जनका लागि प्रयोग गर्न होइनन्” भन्ने विचार राख्छ । नेपाली ट्राभल कम्पनी, टाइगर टप्सले अन्तराष्ट्रिय हात्ती पोलो प्रतियोगिता आयोजना गर्न बन्द गरेको र हात्ती सफारी पनि बन्द गरेको टिप्पणी गर्छ ।

गत वर्ष पेटाले थाइल्याण्डमा हुने किंग्स कप हात्ती पोलो प्रतियोगिता मा गरेको अनुसन्धान पश्चात तुरुन्तै उक्त कार्यक्रम बन्द भएको थियो । भारत र श्रीलंकामा पनि हात्ती पोलो प्रतियोगिता खारेज भएको पेटाले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ३ : ३२ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी