नेकपा सचिवालय बैठक शनिवार बस्ने | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक शनिवार बस्ने


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शनिवार बस्ने भएको छ ।

बैठक शनिवार दिउँसो तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बस्नेछ ।

बैठकमा उपनिर्वाचनको समीक्षा हुनेछ ।

यसअघिको बैठकमा मंसिर १४ गते भएको उपनिर्वाचनको समिक्षात्मक रिपोर्टका विषयमा आगमी सचिवालय बैठकमा छलफल गर्ने निर्णय भएको थियो । सवै ठाउँबाट रिपोर्ट नआएको हुँदा अर्को बैठकमा उपनिर्वाचनको विषयमा समिक्षा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका थिए ।

यसअघि सोमबार बसेको सचिवालय बैठकले पार्टीको विधानमा केही संशोधन गर्ने निर्णय समेत गरेको थियो ।

पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक कार्यदिशा, पार्टीको भावी योजना सहितको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । उनले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने छ ।

सचिवालयका नेताहरुको सुझावका आधारमा प्रतिवदेन परिमार्जन गर्ने र आगामी मंसिर २९ र ३० गतेका लागि तय भएको नेकपा स्थायी कमिटी बैठकमा पेश गर्ने छन् ।

 

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ५ : २८ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले